कपिलवस्तु । जेनजीले गरेको आन्दोलनको मौका छोपि अहिले देशभरका क्रैदीहरु भागिरहेका छन । विभिन्न कुरमा जेल सझय भोगिरहेका कैदीहरु कारागर तोडफोड गरि हिजैदेखि भागिरहेका हुन । आन्दोलनको नाममा कहिँ आन्दोलनकारीले नै कैदिहरु भगाइरहेका छन भने कहिँ कैदि आफै तोडफोडमा उत्रिएर भागिरहेका छन ।
यसैबिच कपिलवस्तु कारागारमा आगजनी गरी आजबिहान कैदीबन्दी भागेका छन् । बुधबार बिहान साढे ६ बजेतिर उनीहरु भागेका प्रहरीले जनाएको छ । कारागारको दुई वटा ब्लकबाट ४ सय ५९ कैदीबन्दी भागेका थिए ।
कारागारबाट भागेपछि उनीहरु कपिलवस्तु जिल्ला अदालत पुगेर आगजनी समेत गरेका थिए । कैदीबन्दी भाग्दा भाग्दै २८ जना र बजारका विभिन्न ठाउँबाट ४६ गरि ७४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए । भागेका कैदी फक्राउ गर्ने क्रममा कपिलवस्तु नगरपालिका, वडा नं. ३ चौबिस हजार पुलमा एक राउण्ड हवाईफायर पनि गरिएको थियो । भागेकालाई पक्राउ गर्न प्रहरीले खोज तालास अघि बढाएको छ ।


