कपिलवस्तु । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ नजिकिएसंगै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तु र बाणगंगा नगर कमिटी सक्रिय भएको छ । चुनाव नजिकिएसंगै बाणगंगाका विभिन्न वडाहरुका युवाहरु एमालेका उम्मेद्वारलाई जिताउन लागि परेका छन् । युवाहरुको माग र सपना पुरा गर्ने पार्टी एमाले मात्र भएकाले सक्रिय भएको युवाहरु बताउँछन् ।
सोहि क्रममा बाणगंगा नगरपालिका वडा नं। २, ४, ५, ६, ७, ८, ९ र १० मा युवा भेला सम्पन्न गरिएको पुर्व युवा जिल्ला ईन्चार्ज सर्वेन्द्रदेव खनाललले जानकारी दिनुभयो ।
बाँकी रहेका वडाहरुमा वडा भेला, पुर्नगठन तथा प्रशिक्षण कार्यक्रम गरिने राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष तिलक गिरीले बताउनुभयो ।
युवा भेलामा वडा कमिटी गठन, वुथको वारेमा जानकारी तथा युवा प्रशिक्षण लगायतका क्रियाकलाप गरिएको थियो । युवा भेलामा विभिन्न युवाहरुले कपिलवस्तु निर्वाचन क्षेत्र नं।


