अमेरिकामा राष्ट्रपति निर्वाचन स् जारी मतगणनामा ट्रम्प अगाडि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । विश्वको महाशक्ति राष्ट्र अमेरिकाको ४७औं राष्ट्रपति चयनका लागि मतगणना जारी छ।

जारी मतगणनाको नतिजाअनुसार उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि देखिएका छन्।

एपीका अनुसार डोनाल्ड ट्रम्पले १९८ इलेक्ट्रोरल भोट जितेका छन्। त्यस्तै कमला ह्यारिसले १०९ इलेक्टोरल भोट जितेकी छन्।

५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५ सय ३८ इलेक्ट्रोरल कलेज मतमध्ये दुवै उम्मेदवारलाई जित हासिल गर्न २ सय ७० मत आवश्यक पर्छ।

यस पटकको चुनावमा मतदाताहरुले अमेरिकी लोकतन्त्र र अर्थतन्त्रलाई विशेष प्राथमिकता दिएका छन्। अन्य मुलुकजस्तै अमेरिकामा एक्जिट पोलले निर्वाचनको भविष्यवाणी गर्दैन तर मतदाताको रोजाई कस्तो छ भन्ने विषयलाई झल्काउने गर्दछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *