जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार विश्राम प्रसाद चौधरीले अधुरा विकास निर्माणका कार्यलाई प्राथमिकतामा राख्ने बताउनु भएको छ । चौधरीले विकासलाई गतिशिल बनाउन सूर्य ध्वजाबाहक उम्मेद्वार विजय हुन आवश्यक रहेको चर्चा गर्नु भयो । उहाँले बाणगंगा क्षेत्र पूर्वाधार, सडक, शिक्षा तथा सामुदायिक संरचनाका हिसाबले विगत भन्दा धेरै अगाडि बढेको उल्लेख गर्दै त्यसमा एमाले नेतृत्वको महत्वपूर्ण भूमिका रहेको दाबी गर्नुभयो। “हामीले सुरु गरेका योजनाहरूलाई पूर्णता दिन र जनताका बाँकी समस्यालाई समाधान गर्न पुनः सूर्य ध्वजाबाहक उम्मेदवारको विजय आवश्यक छ,” उहाँले भन्नुभयो ।
चौधरीले आगामी दिनमा अधुरा विकास आयोजना सम्पन्न गर्ने, रोजगारी सिर्जना गर्ने र जनतासँग प्रत्यक्ष संवादमार्फत समस्या समाधानलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं। १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ भने मतदाता माझ विकासको निरन्तरता र स्थायित्वको बहस प्रमुख विषयका रूपमा उभिएको देखिन्छ ।


