सिद्धार्थ क्याम्पसद्वारा बि.बि.एस चौथो वर्षका विद्यार्थीलाई प्रतिवेदन लेखन अभिमुखीकरण 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 बिष्णु खरेल , कपिलवस्तु । 
सिद्धार्थ क्याम्पस बुङ्ची , कपिलवस्तुले बि.बि.एस चौथो वर्षका विद्यार्थीहरूलाई  अनुसन्धान  प्रतिवेदन  लेखन अभिभुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।       व्यवस्थापन विभागको आयोजनामा बुधबार  क्याम्पसमा विद्यार्थीहरूलाई लेखन अभ्यास सङ्गै अभिभुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । 

 अनुसन्धान विधि विषय अन्तर्गत पर्ने  50 नम्बरको व्यावहारिक अभ्यासको अनुसन्धान  प्रतिवेदन  लेखनलाई सहज गराउने उद्देश्यले  उक्त कार्यक्रम आयोजना गरिएको  व्यवस्थापन विभागका प्रमुख सञ्जय नेपालले बताउनु भयो । करिब ७० जना विद्यार्थी सहभागि रहेका थिए ।  बिधार्थीहरु उक्त अभिभुखिकरण बाट प्रभावित भएको बताएका छन ।

विभागीय प्रमुख सञ्जय नेपालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख बेदराम अर्याल , सहायक क्याम्पस प्रमुख कमल प्रसाद पोख्रेल , प्राध्यापक तथा अभिभुखिकरण कार्यक्रमका प्रशिक्षक इन्द्रमणि पाण्डेको आतिथ्यता रहेको थियो । कार्यक्रम  प्राध्यापक शिव गौतम सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *