रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तु र फेमिली डेन्टलको निशुल्क दन्त शिविर, ५१८ जना लाभान्वित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु ।
बाणगंगाको बरहवा स्थित एभरग्रिन इङ्गलीस बोर्डिङ्ग स्कुलमा भएको निशुल्क दन्त शिविर बाट ५१८ जना लाभान्वित भएका छन । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तु र फेमिली डेन्टल केयर सेन्टर प्रा।लि।, बाणगङ्गा–४ चारनम्बरको संयुक्त आयोजनामा भएको उक्त शिविर बाट विद्यार्थी, शिक्षक, अभिभावकले सेवा लिएका हुन ।

समुदायमा दन्त तथा मुख स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र आर्थिक वा अन्य कारणले समयमै दन्त परीक्षण तथा उपचार गराउन नसकेकालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । शिविरका क्रममा २०० जनाको दन्त एक्स–रे गर्नुका साथै १६० जनाको दाँत निकालिएको आयोजकले जनाएको छ ।
समुदायमा दन्त तथा मुख स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र आर्थिक वा अन्य कारणले समयमै दन्त परीक्षण तथा उपचार गराउन नसकेकालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । शिविरमा बालबालिकादेखि अभिभावक तथा स्थानीय नागरिकसम्मको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूको दाँत तथा मुखको स्वास्थ्य परीक्षण, दन्त रोगसम्बन्धी परामर्श, दाँतको सरसफाइका सही विधिबारे जानकारी दिनुका साथै आवश्यकताअनुसार दन्त उपचारसमेत गरिएको थियो ।

फेमिली डेन्टल केयर सेन्टरका सञ्चालक कृष्ण पोख्रेलले नियमित दन्त परीक्षण नगर्दा सामान्य देखिने समस्या पनि पछि जटिल बन्न सक्ने बताउँदै समय–समयमा दन्त चिकित्सकबाट परीक्षण गराउन आग्रह गर्नुभयो। विशेषगरी बालबालिकामा दाँतको सरसफाइ, नियमित ब्रस गर्ने बानी र मुख स्वास्थ्यसम्बन्धी सचेतना सानैदेखि विकास गर्नुपर्ने उहाँको भनाइ छ ।
विद्यालयमै विशेषज्ञ स्वास्थ्यकर्मीबाट निःशुल्क दन्त परीक्षण तथा उपचार सेवा पाएपछि विद्यार्थी र अभिभावकले कार्यक्रम प्रभावकारी र उपयोगी भएको बताएका थिए । यस्ता कार्यक्रमले दन्त समस्या पहिचानसँगै समुदायमा मुख स्वास्थ्यप्रतिको सचेतना बढाउन महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ थियो ।

रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष कृष्ण भट्टराईले स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। समुदायका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने यस्ता स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *