रास्वपा उम्मेदवार आचार्यले प्रवासीसँग भोलि भर्चुअल अन्तरक्रिया गर्दै 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं  १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मोहनलाल आचार्यले प्रवासी  तथा प्रत्यक्ष रुपमा संवाद हुन नसक्नेसँग भर्चुअल अन्तरक्रिया गर्ने भएका छन । सचिवालयका अनुसार भोलि २५ गते आइतबार साँझ ८ ३० बजे देखी जुम मार्फत भर्चुअल अन्तरक्रिया गरिने जनाइएको छ ।

आचार्यले  वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका कारण विदेश तथा स्वदेशका अन्य सहरहरुमा रहेका नेपाली जनता तथा  मतदाताको आवाज र सुझाब आफ्नो चुनावी अभियानका लागि महत्वपूर्ण रहेकोले अन्तरक्रिया गर्न लागेको बताएका छन ।

देशबाहिर रहे पनि मतदाताको भावना, समस्या र अपेक्षा नजिकबाट बुझ्न चाहेको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत भर्चुअल अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनले उक्त कार्यक्रममा सक्रिय सहभागिताका लागि देश विदेशमा रहेका मतदातालाई आग्रह समेत गरेका छन्।

कपिलवस्तुको विकास र समृद्धिका लागि एक बृहत् साझा अवधारणा तयार पार्ने उद्देश्यले  अन्तरक्रियाबाट प्राप्त सुझाव र धारणा आगामी कार्ययोजना तथा चुनावी प्रतिबद्धतामा समेटिने उनले बताए।

उनले कपिलवस्तुको शैक्षिक सुधार, स्वास्थ्य सेवामा पहुँच, रोजगारी सिर्जना  र दिगो पूर्वाधार विकासका आफ्ना दीर्घकालीन योजनाहरू प्रस्तुत गर्ने बताए। भौतिक रूपमा टाढा भए पनि आफ्नो ठाउँको विकासमा चासो राख्ने बौद्धिक वर्ग र युवाहरूको भावना बुझ्न यो संवाद एउटा महत्त्वपूर्ण बन्ने विश्वास लिइएको उनले बताएका छन  ।

 Zoom Meeting id : 9957582584 

Password : kapilvastu 

Meeting host : Anish Adhikari (RSP Denmark) 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *