राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुले गर्यो केन्द्रिय कलाकार भण्डारी र परियारलाई स्वागत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहीत अनलाइन, कपिलवस्तु ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुले केन्द्रिय कलाका सम्झना भण्डारी र बाबु कृष्ण परियारलाई आफ्नो कार्यलयमा स्वागत गरेको छ ।

कपिलवस्तु आउदै गर्दा समय संयोगको क्रममा पनि आफुलाई दिएको छुट्टै खालको स्वागत र प्रतिष्ठान प्रतिको माया देख्दा खुशी लागेको बताउदै संस्थामा आवद्ध हुनु दुःखमा एक्लै नहुनु रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय सदस्य सम्झना भण्डारीले बताउनु भयो ।

त्यास्तै प्रतिष्ठान नेपाल लाजिम्पाट कार्यसमितिका प्रवक्ता श्री बाबु कृष्ण परियारले संस्थाले के दिन्छ भन्दा पनि संस्थालाई मैले के दिने भन्ने सोचेर तन मन लगाएर सबै संगै अघि बढ्नु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष असिम कड्ेल क्षेत्री, निवर्तमान अध्यक्ष सारदा खनाल, कोषाध्यक्ष कृष्ण पाण्डे लगायतका  कार्य समितीको  उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *