अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा न.१३ भंगाला निवासी ३७ वर्षका बिष्णु थापाको भदौ ४ गतेआफ्नै गोठमा खसेको पहिरोमा परि मृत्यु भएको थियो । परिवारको सदस्य गुमाउदा शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्दै शितगंगा नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको समन्वयमा र.५०००० नगद चामल ,नुन , तेल, कम्मल,त्रिपाल लगाएतका सामाग्री हरु वितरण गरिएको थियो । शितगंगा नगरपालिका नगर प्रमुख छविलाल पौडेल उप प्रमुख गिता भाट जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारि मेधनाथ पाघ्य शितगां नगरपालिका वडा न.३ का वडा अध्यक्ष चिन्ताराज अधिकारि ,वडा न.९ का वडा अध्यक्ष भिम के सि वडा न.११ का वडा अध्यक्ष नवराज भुसाल ,वडा न.१४ का वडा अध्यक्ष दामोदर न्यौपाने, ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक रवीन्द्र चन्द लगायतको उपस्थितिमा राहत प्रदान गरिएको थियो।


