मतदातासंग निरन्तर संवाद गर्दै कपिलवस्तु २ का रास्वपा उम्मेद्वार थापा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु निवाचन क्षेत्रनम्बर २ बाट उम्मेदवारी दिएका पूर्व एसएसपी विक्रम सिंह थापाले मतदातासंगको भेटघाट तथा संवादलाई तिव्र पारेका छन । उनले मतदाताको घरदैलोमै पुगि सुझाब संकलन गदै संवादलाई निरन्तरता दिएका हुन ।

मतदाता भेटघाटको क्रममा उनले किसान, व्यवसायी, युवा, महिला तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय स्तरका शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारसम्बन्धी मुद्दामा छलफल गरिरहेका छन ्। “राजनीति भाषणमा होइन, जनताको जीवनमा देखिनुपर्छ,” भन्दै थापाले जनतासँगै बसेर समाधान खोज्ने राजनीति आफ्नो प्राथमिकता भएको बताएका छन ।

मतदाताहरुले पनि थापाको उम्मेद्वारीलाइ सकारात्मक रूपमा लिएका छन् । यसअघि थापा गत निर्वाचनमा नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए । सो निर्वाचनमा उनी झिनो मतान्तरले उपविजेता बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *