कपिलवस्तु । जेन्जी आन्दोलन पछि बनेको नयाँ सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेपछी निर्वाचन आयोगमा नयाँ दल दर्ता हुने प्रक्रियासँगै परिवर्तनको लागि वैकल्पिक शक्तिको रुपमा पहिचान बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी निर्वाचनपछि वैकल्पिक शक्ति मात्र नभएर मूलधारको राजनीति बाट परिवर्तनको दिसानिर्देस गर्न देस ब्यापी रुपमा सांगठनिक संरचना मजबुत बनाउदै अगाडि बढेको छ।
सोही क्रममा बिहिबार कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको ५,६ र ८ वडामा एकैसाथ वडा अधिवेशन सम्पन्न भएको छ। बाणगङ्गा नगरपालिकाका ११ वटै वडामा यसअघि नै तदर्थ समिति गठन भइसकेकाले अब पूर्ण अधिवेशनका लागि सहजतापुर्वक गरिने बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासेले जानकारी गराउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुका जिल्ला उपसभापति विक्रम थापाको नेतृत्वमा प्रवास भारतका इन्चार्ज डोलराज भण्डारीको प्रमुख अतिथ्यता कपिलवस्तु जिल्ला संगठन विभाग प्रमुख ऋषिराम भट्टराई बाणगङ्गा नगर सभापति बुद्धिसागर बेलबासे सहितको उपस्थितिमा आज बाणगङ्गा नगरका तीनवटा वडामा पूर्ण वडा अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी बक्ता भारत प्रवासका इन्चार्ज डोलराज भन्डारिले सबै वडामा परिवर्तनको लागि देखिएको उत्साहजनक सहभागिता ले अब परिवर्तनको बाटो कसैले छेक्न नसक्ने भन्दै प्रवास भारतमा रहेका धेरै भन्दा धेरै साथिहरुलाइ आगामी निर्वाचनमा सहभागी बनाइ परिवर्तनको परिणाममा तन मन धन लगाएर लाग्न प्रवासिहरु तम्तयार रहेको जानकारी गराउदै नवनिर्वाचित सबै वडाका साथीहरूलाई कार्यकाल पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ।आज अधिवेशन भएका वडा नम्बर ५ मा सेर बहादुर चुंदाली,वडा नम्बर ६ मा मधुराम न्यौपाने र वडा नम्बर ८ मा गोबिन्द जि सि को सभापतित्व सहित सल्लाहकार समिति र वडा नम्बर ५ मा पुर्ण बहादुर क्षेत्री र ८ मा गणपती बेल्बासे (गोपाल) को नेतृत्व मा बिभाग समेत गठन गरि वडा अधिवेसन सम्पन्न भएको जिल्ला उपसभापति बिक्रम थापले जानकारी गराउनुभएको छ।


