सागर बेल्बासे, पौष १५ कपिलवस्तु । कवि शिरोमणि लेखनाथ पौडेलको १४२औ जन्म जयन्तिको अवसर पारी बाणगङ्गा प्रज्ञा प्रतिस्ठान को आयोजना र बाणगङ्गा नगरपालिका को सहयोगमा नगरपालिकाको सभाहलमा मंगलबार कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ।
प्रतिस्ठानका अध्यक्ष बालाराम ज्ञवालिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख चक्रमणी अर्याल,विशिष्ट अतिथि उप प्रमुख रिता कुमारी चौधरी ,प्रमुख प्रशाकिय प्रमुख भक्तिराम मरासिनी अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेल ,बाणगङ्गा सामुदायिक पुस्तकालयका उपाध्यक्ष दोलख बहादुर पछाइ,बाणगङ्गा साहित्य प्रतिस्ठानका अध्यक्ष कृष्ण प्रसाद घिमिरे ,राधा पाण्डे ,देवका भण्डारी दधी स्मृति साहित्य समाजका कोषाध्यक्ष बाबुराम भण्डारी ,प्रकाश भुसाल,राधिका आचार्य साहित्य प्रेमी अध्यापक बुद्दिराज आचार्य,अशोक बेल्बासे,लालमणी अधिकारी ,डिल्लिराम भट्टराई ,लक्ष्मण आचार्य ,कमला ज्ञवाली लगायतको आतिथ्यतामा भएको कविता लेखन तथा वाचन प्रतियोगितामा ११ जना प्रतियोगी सहभागी भएका थिए।
मंगलबार भएको प्रतियोगितामा नैतिकता र सदाचार भन्ने शिर्षकको कविता लेखन तथा वाचन प्रतियोगितामा बाणगङ्गा मा बि लौगाइमा कक्षा ११ मा अध्यनरत छात्रा जोशिका कंडेल निशा प्रथम सगरमाथा बोर्डिङ स्कुलका आयुस अधिकारी दोस्रो बाल ज्वती बोर्डिङ स्कुलका रुहि थापा तेस्रो ज्ञानपुन्ज बोर्डिङ स्कुलका शिखर अर्याल सान्त्वना स्थानमा नगद तथा प्रमाणपत्र सहित पुरस्कृत भएका छन। शैक्षिक ब्याक्तित्व सुर्य प्रसाद भुसाल को संयोजकत्वमा कृष्ण प्रसाद घिमिरे र लेखनाथ घिमिरेको मुल्यांकन समितिले आजका प्रतियोगीताको नतिजा प्रकाश गरिएको थियो।
कार्यक्रम मा सबै प्रतियोगी संगै राधा पाण्डे ,डिल्लीराम भट्टराई ,लालमणी भट्टराई,लक्ष्मण आचार्य ,कमला ज्ञवाली ले शुभकामना मन्तव्य संगै आआफ्ना रचना वाचन गर्नुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी चक्र अर्यालले यस्ता शृजनशिल प्रतियोगिताले नगर भित्रका सबै बिद्यालय मा अध्यनरत विद्यार्थीको शैक्षिक जग बलियो हुने भएकाले यस्ता कार्यक्रममा नगरपालिका निरन्तरता दिने कुरा राख्नुभएको थियो।
मन्तव्यकै क्रममा बिशिस्ट अतिथी भक्तिराम मरासिनीले कवि शिरोमणि लेखनाथको संक्षिप्त महिमा संगै गति यति र लयमा जीवन चल्ने चलाउने कुराको बिकास गर्नका लागि सबै शिक्षक विद्यार्थीलाई आग्रह गर्नुभएको थियो।
कार्यक्रम मा प्रज्ञा प्रतिस्ठानका सल्लाहकार बुद्दी सागर बेल्बासेले आफ्नो गीति रचना सहित स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम फोकल प्रसन बुद्दी सागर सुवेदीले जनाउनुभएको छ। कार्यक्रमको संचालन प्रतिस्ठान कि सदस्य राधा पाण्डेले गर्नुभएको थियो।


