बणगंगाका अमृत बेल्वासे बेपत्ता, खोजिदिन परिवारको अपिल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ लौगाई निवासी अमृत बेल्बासे शिवरात्रीको दिनदेखि हराएका छन्। परिवारका अनुसार उनी सोही दिन दिउँसो करिब १ बजेतिर घरबाट निस्किएका थिए र त्यसपछि सम्पर्कविहीन बनेका छन् । अमृत होराइजन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन । हराउँदा उनले हरियो/खैरो हुड, सेतो पाइन्ट र खुट्टामा चप्पल लगाएका थिए ।

परिवारले दिएको जानकारीअनुसार उनी बोडगाउँ चोक पुगेपछि आफ्नो साइकल एउटा फलफूल पसलमा राखेर हिँडेको देखिएको थियो । त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
अमृतका पिता जनक प्रसाद बेल्बासे र माता सुनिता बेल्बासे हाल विदेशमा रहेका छन् । उनी लौगाइमा आफ्नी हजुरआमा र दिदीसँग बस्दै आएका थिए ।

बालक हराएपछि परिवारले खोजी कार्य तीव्र बनाएको छ । कुनै जानकारी भएमा अभिभावक बसन्ता बेल्बासे लाई ९८४०४८९२०९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
स्थानीय बासिन्दा तथा सम्बन्धित निकायलाई खोजीमा सहयोग गर्न परिवारले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *