जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर १ मा नेपाली कमन्युष्ट पार्टी (नेकपा) बाट उम्मेद्वार बनेको कृष्ण बहादुर कुँवरले जनताकै विश्वास र भरोसाका कारण निर्वाचनमा होमिएको बताएका छन । निर्वाचन लक्षित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उनले आफु यस क्षेत्रकै जनसेवा र सामाजिक कार्यक्रमा निरन्तर लागिरहेको हुँदा जनताले नै निर्वाचनमा जानुपर्ने सुझाब दिएको पनि उनले बताए ।
उम्मेद्वार कुँवरले कपिलवस्तुवासीहरु आधारभुत आवश्यकता बाट समेत बञ्चित हुनुपरेको तर्फ सङ्केत गर्दै जनताका आवश्यकतालाई प्रमुख मुद्धा बनाउने उनले बतए । युवाहरूको बढ्दो बेरोजगारीलाई गम्भीर समस्या भन्दै रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाइने बताए । उनले कृषि उत्पादनमा आधारित उद्योग स्थापना, व्यवसायिक खेती प्रवद्र्धन तथा स्वरोजगार कार्यक्रममार्फत युवालाई आत्मनिर्भर बनाउने योजना रहेको उल्लेख गरे ।
क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधार आफ्नो प्राथमिकता रहेको बताए । विगतमा अधुरा रहेका योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदातालाई तारा चिन्हमा मतदान गर्न आग्रह गरे ।
