जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कपिलवस्तु क्षेत्रनम्बर–१ मा चुनावी अभियानलाई तिव्रता दिएको छ । दक्षिणी क्षेत्रमा पकड जमाएको राप्रपाले उत्तरी क्षेत्रको मतदाता घेटघाटलाई तिव्रता दिएको हो ।
भेटघाटको क्रममा मतदाताले देशलाई निकास दिनको लागि राजसहितको प्रजातन्त्र आवश्यक परेकोले राप्रपाको विचार र एजेण्डा अहिलेको लागि उपयुक्त रहेको बताएका छन । अन्य दलहरुका नेताले भ्रष्टचारीलाई नै काखी च्यापेको भन्दै देशमा अभिभावको आवश्यकता परको बताएका छन ।
त्यस्तै क्षेत्रनम्बर १ का उम्मेद्वार शत्रुघन विलास सिंह कर्मीले जिल्लाको मतदातको र स्थानीयको गुनासोलाई केन्द्रमा राखेर आफु निर्वाचनमा होमिएको भन्दै निर्वाचन पश्चात पनि जनताकै बिचमा रहने बताएका छन । चुनवा पछि मतदता भुल्ने उम्मेद्वार आफु नरहेको पनि उनले प्रष्ट पारेका छन ।


