कपिलवस्तु १ मा राप्रपाको चुनावी अभियान तिव्र, लवनी र पकडीमा सम्पपर्क कार्यालय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको क्षेत्रनम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियानलाई तिव्रता दिएको छ । आगामी फागुन २१ ग्ते हुन लागेको निर्वाचनको लागि राप्रपाले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोल्ने, मतदाता भेटघाट लगायतका चुनावी कार्यलार्य तिव्रता दिएको हो ।

यसै बिच राप्रपाले सोमबार सुद्धोधनको लवनी र मायादेवीको पकडीमा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । उक्त क्षेत्रका स्थानीयलाई उम्मेद्वार सङ्ग छलफल गर्न तथा उम्मेद्वारले मतदाताका गुनासा सुन्नको लागि कार्यालय उद्घाटन गरेको क्षेत्र नम्बर १ का उम्मेद्वार शत्रुघन विलास सिंह कर्मीले बताउनुभयो । कुर्मीले अफुलाई यस क्षेत्रमा बलियो उम्मेद्वारको रुपमा प्रस्तुत गरेका छन । उनले कार्यक्रममा बोल्दै अन्य दलहरुले देशलाई संकटको भुमरीमा पारेको भन्दै देशलाई निकास दिनको लागि राजासहितको प्रजातन्त्र आवश्यक रहेको बताए । उम्मेद्वार कुर्मीले कपिलवस्तुले विगतदेखीथुप्रै सांसद मन्त्री जन्माएको भएपनी कसैलेपनी जिल्ला र जिल्लावासीलाई न्याय नगरेको बताउनुभयो ।

त्यस्तै राप्रपा केन्द्रिय सदस्य ध्रुव रायमाझीले देशमा अभिभावक नहुदा भ्रष्टाचार मौलाएको भन्दै अब राजालाई अभिभावकको रुपमा ल्याउनुपर्ने बताउनुभयो । देशमा सामान्य मानिस बस्न नसक्ने अवस्था ल्याएको भन्दै अहिलेको निर्वाचनले त्यस्तो प्रवृत्तिलाई जरैदेखि हटाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *