कपिलवस्तुमा हुने ‘एस.क्यु.सी.’ को १० औँ सम्मेलन सनलाईट स्कुलमा हुँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुमा हुने एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको १० औं सम्मेलन शुद्धोधन गाउँपालिका वडा नं. १ बग्दि स्थित सनलाईट ईगंलीश बोर्डिङ्ग स्कुलमा हुनेभएको छ । यहि मंसिर ५ र ६ गते गते विद्यार्थीहरुको शैक्षिक महोत्सवको रुपमा रहेको एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) १० औं सम्मेलन हुने भएको हो । सम्मेलनको बारेमा पत्रकार सम्मेलन मार्फत मंगलबार जानकारी गराईएको छ ।

कपिलवस्तुका १७ विद्यालयका ७ सय बिद्यार्थी सहभागी हुने र अन्य जिल्लाका ८ विद्यालयका विद्यार्थीहरु पर्यवेक्षकको रुपमा समावेश हुने जनाईएको छ । १७ विद्यालय क्वेस्ट नेपालका सदस्य मध्येबाट उपस्थित हुने र अन्य ८ विद्यालयका विद्यार्थीहरु पर्यवेक्षकको रुपमा सहभागी हुने क्वेस्ट नेपाल लुम्बिनी हवका अध्यक्ष मदन मल्लले जानकारी दिनुभएको छ ।

कार्यक्रमको उद्घाटन सम्भव भए सम्म लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा हुने र उद्घाटन कार्यक्रममा प्रदेश सांसद, नगरपालिकाका जनप्रतिनिधि, क्वेस्ट नेपालका केन्द्रिय अध्यक्ष सहित पदाधिकारीहरुको उपस्थिती रहने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

कार्यक्रममा लुम्बिनी हवका कोर्डिनेटर तथा पत्रकार सम्मेलनका अध्यक्ष मदन मल्लले एस.क्यु.सी.अन्र्तगत विद्यार्थीहरुको स–साना समुह बनाई जस्ले विद्यार्थीका समस्या छनौट गरि समस्याका कारण, मुल जरा पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपायहरु पहिल्याउने र आफै एवं अरुको सहयोगमा ति समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा वृहत सांस्कृतिक कार्यक्रम, क्विज, हिज्जे, व्यक्तित्व संगै उद्घोषण तालिम तथा ए.आई. सम्बन्धि प्रशिक्षण दिनुका साथै अन्य विभिन्न विधामा प्रतियोगिता गराईने समेत जानकारी गराईएको छ ।

विगतमा १ दिने गरिए पनि ८ औं कन्भेन्सनबाट २ दिने वृहत सम्मेलन गर्न लागिएको छ भने सम्पुर्ण विधाहरु समापन गर्ने जिम्मेवारी पनि विद्यार्थीहरुलाई दिईएको जस्ले विद्यार्थीहरुको क्षमता विकास हुने क्वेस्ट नेपाल लुम्बिनी हवका सचिव तथा भुपु सैनिक ईगंलीश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल डम्बर बहादुर सोमैले बताउनुभयो ।

कार्यक्रममा प्याब्सन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र बिक्रम सिंहले कार्यक्रममा सम्पुर्ण क्रियाकलापको जिम्मेवारी विद्यार्थीहरुलाई दिईने भएकाले प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक समग्र सबै पक्षको विकास हुने भएकाले कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रमका अतिथि सनलाईट ईगंलीश बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक एस.एन. त्रिपाठीले विद्यार्थीहरुलाई श्रृजनशिल बनाउन यस कार्यक्रमले महत्वपुर्ण टेवा पुर्‍याउने र अन्र्तराष्ट्रिय स्तरका विधार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन पाउने हुदाँ कपिलवस्तुमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सनलाईट ईगंलीश बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक एस.एन. त्रिपाठीको स्वागत तथा क्वेस्ट नेपाल लुम्बिनी हबका सचिव डम्बर बहादुर सोमैको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा लुम्बिनी हवमा आवद्ध विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *