अर्घाखाँचीमा माटोको ढिस्कोले पुरेर एक जना महिलाको मृत्यु, एक जना घाईते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । माटोको ढिस्कोले पुरिएर अर्घाखाँचीको शितगंगा २ सितापुर झिर्रामा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य १ जना घाईते हुनु भएको छ। मृत्य हुनेमा शितगंगा २ झिर्रा निवासी ४० बर्षिय शारदा अधिकारी रहनु भएको छ ।

माटोको ढिस्कोले पुरिएर घाईते भएकी शारदा अधिकारीलाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा चेकजाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । घाईते ३८ बर्षिय राधा अधिकारीलाई थप उपचारको लागि भैरहवा मेडिकलमा रिफर गरिएको छ ।

उहाँ खतरामुक्त रहनु भएको अस्पतालले जनाएको छ । सवलाई अहिले पोष्टमाट्मका लागि ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । मृतक महिला सगै ११ जना माटो खन्न गएका थिए । अन्य नौ जना भने सकुसल रहेका छन् । माटोले महिलालाई पुरेपछि आफुसगै गएका साथीहरूले प्रहरीलाई खबर गर्नुका साथै उद्दार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *