ग्यालेक्सी युथा क्लबः एक विपन्न परिवारलाई खाद्यन्न सहित विभिन्न सामाग्रि सहयोग

जनहित अनलाइन, कपिलवस्तु । छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आइरहेको कपिलवस्तुको ग्यालेक्सी युथ क्लबले एक विपन्न परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । बाणगंगा–७ स्थित अति विपन्न एक परिवारलाई खाद्यन्न, झोला, जुत्ता लगायत विभिन्न सामाग्रि हस्तान्तरण गरेको क्लबका अध्यक्ष अमृत गिरीले जनहित अनलाइन सङ्ग बताएका छन । १ क्विन्टल चामल, ५ किलो दाल, ३ […]

रास्वपा बाणगङ्गा ९ को प्रथम अधिवेशन सम्पन्न, सयौको सहयात्रा संगै सभापतिमा गुरुङ

सागर बेल्वासे, पौष १० कपिलवस्तु । पछिल्लो समय सांगठनिक संरचनालाइ व्यापक बनाउदै राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा नगरपालिका वडा नम्बर ९ का तदर्थ समिति सभापति चन्द्र बहादुर कुंवर (रामु) को सभापतित्वमा वडा अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम रास्वपा केन्द्रिय संगठन बिभाग सदस्य तथा कपिलवस्तु इन्चार्ज गोपाल घिमिरेको प्रमुख आतिथ्यतामा प्रथम अधिवेशन भएको छ। विहिबार भएको कार्यक्रममा […]

कपिलवस्तु- १ मा प्रत्यक्ष तर्फ राप्रपा बाट ध्रुव रायमाझी सहित ४ जनाको नाम सिफारिसफारीस

चेतन विष्ट, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिले आगामी फाल्गुन २१ गते हुने संघको निर्वाचन लागी उम्मेद्वारको नाम सिफारिस गरेको छ । राप्रपाको ९ गते बसेको क्षेत्रीय बैठकले प्रतिनिधि सभा सदस्यका लागी कपिलवस्तु क्षेत्र नम्बर १ मा राप्रपाका केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझीसहित ४ जनाको नाम सिफारिस गरेको हो […]

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकका लागि बजेट अभाव

बुटवल । २०६५ सालमा सरकारले राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा सुरु गरेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक कालोपत्रे गर्न बजेट अभाव भएको छ । विभिन्न ८ खण्ड गरी बहुवर्षे ठेक्का लगाए पनि बजेट अभाव हुँदा सरोकारवालाको एउटा टोली थप बजेट र स्रोत सुनिश्चितता माग गर्दै सिंहदरबार पुगेको छ । अर्घाखाँची जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइराला, लुम्बिनी प्रदेश सभा […]

अर्घाखाँचीमा स्वतन्त्र उम्मेदवारी दिने सामाजिक अभियन्ता खनालको घोषणा

अर्घाखाँची । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिन्दु धर्मको प्रचारक सन्धिखर्कका नारायणप्रसाद खनालले अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । सन्धिखर्कमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले अर्घाखाँचीको विकासको नारा अघि सार्दै उम्मेदवारी घोषणा गरेका हुन् । कतारमा लामो समय रोजगारीमा रहेका उनी १२ वर्षदेखि सन्धिखर्कमै धार्मिक गतिविधि, व्यवसाय र सामाजिक काम गर्दै […]

बुद्धभुमी नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ ।नगरपालिकाको सभाहलमा भएको नगरसभाले विभिन्न प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो । नगरसभामा नगरपालिकाकी उप प्रमुख मिरा थारुले हाल सम्मको न्यायिक समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।   त्यस्तै सभामा बिधेयक समितिका संयोजक सन्दीप कुमार पाण्डेयले खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको सम्बन्धमा […]

महाराजगञ्ज नगरपालिकाको १८औँ नगरसभा सम्पन्न

कपिलवस्तु । महाराजगञ्ज  नगरपालिकाको १८ औँ नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख कलामले भ्रष्टाचार विरुद्ध र सुशासन कायम गर्न भएको जेन्जी आन्दोलनका कारण दुई दिनमै सत्तापलट भएको उदाहरण प्रस्तुत गर्दै समयको मागअनुसार सोच र कार्यशैली परिवर्तन गर्नुपर्ने बताए। उनले महाराजगञ्ज नगरपालिकालाई नमुना नगरपालिका बनाउने लक्ष्यसहित सबै जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। […]

शितगंगा नगरपालिका: आर्थिक अभावले उपचार नपाएका ६ वर्षीय बालकको उद्धार

अर्घाखाँची । आर्थिक अभावका कारण लामो समयसम्म उचित उपचार नपाएका शितगङ्गा नगरपालिकाका ६ वर्षीय बालकको नगरपालिकाले तत्काल उद्धार गर्दै थप उपचारको व्यवस्था गरेको छ। शितगङ्गा नगरपालिका–९ सिद्धारा निवासी हिम्मत पोखरेल करिब पाँच महिनादेखि लगातार ज्वरोबाट पीडित भए पनि कमजोर आर्थिक अवस्थाका कारण समयमै उपचार गराउन नसक्दा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। बालकका बुवा गणेश […]

बाणगंगा नगरपालिकाः पुस २८ गते हिउदे नगर सभा गर्ने

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा मगंलबार भएको बैठकले हिउदे नगर सभा गर्ने लगायतका विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले योजनाहरू सुचारु गर्ने निर्णय गरेका बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए । त्यस्तै पुस १६ गते […]

राप्रपा बाणगंगा नगर अधिवेशनः बि.सी. को नेतृत्वमा नयाँ कार्यसमिति

 जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर समितिको अध्यक्षमा खिम बहादुर वि.सी. चयन हुनुभएको छ । आज बाणगंगाको बैरियामा सम्पन्न भएको अधिवेशन बाट वि.सी. को नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको राप्रपा बाणगंगाले जनाएको छ । जसको उपाध्यक्षमा राजेन्द्र प्रसाद चौधरी, हरी प्रसाद घिमिरे, कोषाध्यक्षमा भरत मल्ल, सचिवमा भिमराज साही, सहसचिवमा […]