लुम्बिनीमा एमाले जिल्ला अधिवेशनको तयारी तीव्र
बुटवल । लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी सुरु भएको छ । नेकपा एमाले केन्द्रीय समितिले जेठभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएसँगै प्रदेशका जिल्लामा अधिवेशनको मिति तोक्न क्रम सुरु भएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले बताए । लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्लाहरूमध्ये रोल्पामा एमाले अधिवेशन सम्पन्न भइसकेको छ । पूर्वी रुकुममा चैत २९ […]
माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा शुक्रबार हाजिरी जमानीमा रिहा हुनुभएको छ । महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको […]
लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल हो: उपप्रधानमन्त्री श्रेष्ठ
लुम्बिनी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताउनुभएको छ । अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना गरेको समृद्धिका लागि विश्व शान्ति सम्मेलनको बिहीबार उद्घाटन गर्नुहँदै परराष्ट्रमन्त्री श्रेष्ठले बुद्ध र लुम्बिनीलाई बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनाका निम्ति सन्देश प्रवाह गरेका बताउनुभयो । उहाँले विश्वशान्ति स्थापनामा […]
बुटवलमा छाडा चौपाया व्यवस्थापनको अभियान सुरु
बुटवल । बुटवल क्षेत्रको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया (गाइ र गोरु) व्यवस्थापनको अभियान सुरु भएको छ ।बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयका अनुसार चैत्र मसान्तसम्म नियमित रुपमा अभियान चल्ने छ । अभियान गोलपार्क, लक्ष्मीनगर चोक, नेपालगञ्ज रोड, दुर्गामन्दिर, भुड्कीचोक, सिद्धेश्वर मैदान, मिलनचोक, नयाँ बसपार्क, कालिका चोक र योगीकुटी चोक लगायतका क्षेत्रमा अभियान संचालन हुने […]
अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन्। उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले […]
बर्दिया बाट बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
बर्दिया । बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोला बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले बाँसगढी नगरपालिकाकी २० वर्षीया महिलालाई बलत्कार गरेको उजुरीको आधारमा नियन्त्रणमा लिई वडाध्यक्ष बास्तोलामाथि अनुसन्धान भइरहेको बताए । पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि बिहीबार राति वडाध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिएको डीएसपी अर्यालले […]
खुला दिसामुक्त नेपालका २२ पालिकाका २० प्रतिशतभन्दा बढी घर शौचालयविहीन
कपिलवस्तु । खुला दिसामुक्त नेपालका २२ पालिका २० प्रतिशतभन्दा बढी घरपरिवार शौचालयविहीनको सूचीमा रहेका छन् । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार लुम्बिनी र मधेश प्रदेशका आठ जिल्लाका पालिका शौचालय नहुने उच्च सूचीमा रहेका छन् । जसमध्ये लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र मधेश प्रदेशका सप्तरी, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्साका पालिका रहेका छन् । जिल्लागत तथ्याङ्क अनुसार कपिलवस्तु शौचालय नहुनेमा देशकै […]
दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी

घोराही । दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङबाट विभिन्न समयमा ९७६ वटा हतियार राख्नका लागि इजाजत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार लाइसेन्स प्राप्त हतियार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था भए पनि अत्यन्त न्यून मात्रामा नवीकरण हुने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षको फागुन […]
बाँकेका दुई स्वास्थ्य संस्था प्रदेशकै पहिलो किशोर–किशोरीमैत्री घोषणा
नेपालगन्ज। बाँके जिल्लाका दुई वटा स्वास्थ्य संस्थालाई लुम्बिनी प्रदेशकै पहिलो किशोर–किशोरीमैत्री घोषणा गरिएको छ । जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर २ र ५ को स्वास्थ्य संस्थालाई लुम्बिनी प्रदेशको पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ अनुसार डुडुवा गाउँपालिकाको २ र ५ नम्बर वडामा रहेको स्वास्थ्य संस्थालाई प्रदेश कै पहिलो किशोर–किशोरीमैत्री […]
लुम्बिनी प्रदेश: लाईसेन्सका लागि लिइने निरोगिताको प्रमाणपत्रको सिण्डिकेट हट्यो
बुटवल । लुम्बिनी प्रदेशमा लाईसेन्सका लागि लिइने निरोगिताको प्रमाणपत्रको सिण्डिकेट हटेको छ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) लिँदा चाहिने निरोगिताको प्रमाणपत्र जारी गर्दा हुँदै आएको सिन्डिकेट तोडेको हो । लाइसेन्सका लागि दरखास्त दिँदा नेपाल सरकारबाट मान्यताप्राप्त जुनसुकै चिकित्सकबाट पनि निरोगिताको प्रमाणपत्र पेश गर्दा मान्य हुने निर्णय मन्त्रालयले गरेको छ […]