कपिलवस्तुको महाराजगन्जका एक वडाध्यक्ष अख्तियारको फन्दामा

बुटवल  ।  कपिलवस्तुमा एक जना  वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । दुरुपयोग अनुसन्धान आयोग  बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा  पास गर्ने नाममा  घुस लिएको आरोपमा कार्यालयबाट नै नियन्त्रणमा लिएको  हो । अख्तियार बुटवल सूचना अधिकारी एवं  उपसचिव  ईश्वरी  प्रसाद आचार्यले १५ हजार  नगदसहित नियन्त्रणमा लिएको बताए […]

लुम्बिनीमा यस वर्ष मानव अधिकार उल्लङ्घनको घटनामा दुई हजार ८३ जना पीडित

नेपालगन्ज । लुम्बिनी प्रदेशमा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा दुई हजार ८३ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशले नेपालगन्जमा सार्वजनिक गरेको गत वर्षको मानव अधिकारको अवस्थाको तथ्याङ्क सार्वजनिक गरेको हो । इन्सेकका अनुसार सन् २०२२ मा भने दुई हजार ९९ जना पीडित थिए । यस वर्ष ज्यादतीका […]

लुम्बिनीमा नयाँ सरकार गठनको दौडधुप

दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलले सक्रियता बढाएका छन् । नेपालको पछिल्लो राजनीतिक समीकरण अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले पाउने निश्चित जस्तै बनेपछि सो दलका नेताहरूले छलफल अघि बढाएका हुन् । हालसम्मको छलफल अनुसार माओवादी केन्द्रले लुम्बिनी सरकारको नेतृत्व गर्ने सम्भावना बढेको छ । यदि माओवादी केन्द्रले सरकारको नेतृत्वमा […]

अर्घाखाँचीका पर्यटकीयस्थल चिनाउन सुपादेउरालीमा सूचना डेस्क

अर्घाखाँची । अर्घाखाँचीको परिचयसहित धार्मिक तथा ऐतिहासिक सम्पदाको बारेमा जानकारी दिन सुपादेउरालीमा सूचना डेस्क स्थापना गरिएको छ । धार्मिक पर्यटकीयस्थलका रूपमा चर्चित सुपादेउराली मन्दिरमा आएका तीर्थालुले अर्घाखाँची जिल्लाभरको भूगोल, शक्तिपीठका मन्दिर, गुफा, संस्कृत व्याकरणको उद्गम थलो पाणिनि तपोभूमि, पतञ्जलीको जन्मस्थललगायका प्राकृतिक संरचना र घम्न ठाउँको बारेमा जानकारी पाउनेछन् । जिल्लाका ६ स्थानीय तहका ६१ वडाको […]

दुई दिनको अन्तरालमा बडिगाड खोलमा डुबेर दुई जनाको मृत्यु

गुल्मी । दुई दिनको अन्तरालमा  बडिगाड खोलमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । शनिबार अपरान्ह अन्दाजी ५ बजेको समयमा मुसिकोट नगरपालिका ४ आरुपाटाका  २१ वर्षिय सन्दिप कुमाल र  आईतबार  दिउँसो ११ बजेको समयमा गुल्मीदरबार  गाउँपालिका २ घोरा उपल्लाखर्कका   १२ वर्षिया छोरा प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेको हो  । जिल्ला […]

ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनद्वारा जापानीज भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ

चेतन विष्ट , कपिलवस्तु । कपिलवस्तु जिल्लाको चारनम्बरमा रहेको ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनद्वारा जापानीज भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरिएको छ । वर्ष सन २०२४ मा जापानीज भाषाको परिक्षा दिएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज पिस हिमालयन रिसोर्टमा बिदाइ तथा सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष असिम कडेल क्षेत्रीले ब्राइट लुम्बिनी इन्टरनेसनल […]

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपमा कपिलवस्तु ११ थ्रीस्टार सङ्ग ३ गोलले पराजित

कपिलवस्तु । लुम्बिनी प्रदेशमै सर्वाधिक धनराशी पुरस्कार भएको तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलमा थ्रीस्टार क्लब विजयी भएकोछ । कपिलवस्तुको जीतपुर स्थित बुद्ध रंगशालामा शनिवारको खेलमा थ्रीस्टार क्लब काठमाडौंले कपिलवस्तु ११ लाई शुन्यका विरुद्ध ३ गोल गरेर विजयी भएको छ । निरज चौधरीले दुई गोल गरेका थिए भने दिपेश घलेले एक गोल गरेका थिए […]

त्रिशूलीमा ट्याक्सी खस्दा ज्यान गुमाउने पाँच जनाकै पहिचान खुल्यो,अझै एक बेपत्ता

काठमाडौँ । दुर्घटनाबाट मृत्यु भएका पांँचजनाको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय अर्जुन शिर्मल, सोही ठाउँकी ४१ वर्षकी हरिमाँया रोकाय ,  ७० वर्षीय जुनकिरी रोकाय , अन्जना रोकाय र अन्दाजी  ९ वर्षका आगमन नगरकोटी रहेका छन् । अर्का १८ बर्षीय दिवश रोकाया फेला […]

त्रिभुवन विश्वविद्यालयको स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको अस्ति बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो । आउँदो पहिलो वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, […]

त्रिशूलीमा ट्याक्सी खस्य‍ो, ५ जनाको शव फेला

काठमाण्डौ ।  चितवनको इच्छाकामना गाउँपालिका–५ मा ट्याक्सी दुर्घटना भएको छ । ट्राफिक प्रहरीका अनुसार मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी  त्रिशूली नदीमा खसेको र ट्याक्सीमा रहेका ५ जनाको शव फेला परेको छ । आज बिहान बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । शव फेला परेको तर पहिचान खुल्न नसकेको […]