बाँके कारागारका एक जना कैदीको मृत्यु

नेपालगन्ज। नेपालगन्जस्थित बाँके कारागारका एक जना कैदीको मृत्यु भएको छ। कारागारका जेलर अर्जनजंङ्ग शाहले दिनुभएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयाघातले मृत्यु भएको हो। जेलर शाहका अनुसार बुधबार बिहान जोलाहको स्वास्थ्यमा समस्या आई एक्कासि छाती दुखेपछि उनलाई उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएकोमा त्यहाँको त्यहाँ मृत्यु भएको थियो। […]

थ्रीस्टारलाई १-० ले हराउँदै नेपाल पुलिस फाइनलमा प्रवेश

कपिलवस्तु । थ्रीस्टारलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधिनजिक पुगेको छ ।कपिलवस्तुस्थित बुद्ध रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि विवेक पाण्डेले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ५१औँ मिनेटमा गोल गरेका थिए । पुलिसले उपाधिका लागि सुदूरपश्चिम–११ […]

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ३३ हजार

काठमाण्डौ । सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँ थियो । यसअघि अस्ति सोमवार तोलाको […]

चुनढुंगा उत्खनन अनुमतिपत्र छानबिन गर्न प्रहरीमा उजुरी

अर्घाखाँची । भुमिकास्थान नगरपालिकाले किर्ते कागज पेस गरेर चुनढुंगा उत्खननका लागि अनुमति लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ। नगर प्रमुख झविलाल थापाले जिल्ला प्रहरी कार्यालयमा किर्ते कागज पेस गरेर चुनढुंगा उत्खननका लागि अनुमति लिएकाले छानबिनका लागि निवेदन दिएको बताएका छन्। किर्ते गर्नेलाई कारबाही मागसहित प्रहरीमा निवेदन दिइएको उनको भनाइ छ। भूमिकास्थान नगरपालिका– ९, […]

लुम्बिनीका तीन मुख्य सहरहरूमा सेवा बिस्तार गर्दै पठाओ

रुपन्देही । राइड सेयरिङ व्यवसायमा परिचित कम्पनी पठाओले लुम्बिनी प्रदेशका मुख्य सहरहरू बुटवल, नेपालगञ्ज र भैरहवामा सेवा बिस्तार गर्न लागेको छ । पठाओले लुम्बिनीका तीनसहित मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्न लागेको हो । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा […]

लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनी २०२४/२५ को अध्यक्षमा भुषाल चयन

चेतन विष्ट, कपिलवस्तु । लायन्स कल्ब अफ कपिलवस्तु दिदी बहिनी २०२४/२५ को अध्यक्षमा भगवति देवी रेग्मि भुषाल चयन हुनुभएको छ । मंगलबार भएको क्लबको चौँथो अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा पार्वती खड्का भुषाल, द्धितिय उपाध्यक्षमा सिता भण्डारी, तृतिय उपाध्यक्षमा सरस्वती सोमै, सचिवमा पुजा अर्याल, कोषाध्यक्षमा खुमा बेल्वासे सर्वसम्मत […]

अर्घाखाँचीको गच्छे–भालुवाङ सडक निर्माण कार्यले गति लिदै

अर्घाखाँची । राप्ती नदीवारिकाे जिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट दाङको भालुवाङ पुग्न गोरुसिङ्गे हुँदै १ सय २० किलोमिटर सडक यात्रा गर्नुपर्छ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी हो । अर्घाखाँचीको सिमाना भए पनि सदरमुकाम सन्धिखर्कबाट महेन्द्र राजमार्ग कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा, धानखोला हुँदै पुग्नुपर्ने अवस्था छ । तर गच्छे भालुवाङ ७३ किलोमिटर सडक निर्माण पूरा भएपछि सडक यात्रा […]

लुम्बिनीमा बिहीबार दिउँसो ४ बजे अधिवेशन बैठक आह्वान

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले दिउँसो ४ बजे बैठक बोलाउने निर्णय गरिएको बताए । केन्द्रमा सत्ता बदलिएपछि माओवादीले फागुन २३ गते चौधरीलाई दिएको समर्थन फिर्ता […]

लुम्बिनीमा नयाँ सरकार गठनको तयारी तिव्र

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्ने निश्चित भएको छ । संघीय सरकारमा गठबन्धन फेरिएसँगै कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विस्थापित गरेर माओवादीको संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्न लागेका हुन् । उनी रोल्पा क्षेत्र नम्बर १ ९१०बाट निर्वाचित हुन् । महरा यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । […]

आखिर किन यति बढि छ त सवारी दुर्घटना ?

नेपालमा हरेक वर्ष एक हजार आठ सयको हाराहारीमा मानिसको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ भने प्राकृतिक प्रकोपबाट भन्दा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यधिक भएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाल सरकारलाई पटक–पटक सचेत गराएको देखिन्छ । यसका बाबजुद दुर्घटनाको दर भने महामारी बनेर दिन–प्रतिदिन बढ्दै जानुमा दोषी को त रु यसबारे अब गम्भीर […]