क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ

बुटवल । बुटवलस्थित क्लिनिकमा उपचारका क्रममा चरम लापरबाही हुँदा एक गर्भवती महिलाको ज्यान गएको भन्दै जाहेरी परेको छ। पाल्पाको बगनासकाली गाउँपालिका-२ की गीता पाण्डेको गर्भपतन गराउने प्रक्रियामा स्वास्थ्य बिग्रिएर मृत्यु भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। आइतबार साँझ पाण्डेको मृत्यु भएपछि आक्रोशित आफन्तले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दर्ता गराएका छन्। […]

बुद्धभूमि–१० का ७१६ परिवारलाई लालपुर्जा प्रदान

कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नं. १० को एक साधारण देखिने कार्यक्रममा आइतबार असाधारण खुशी छाएको थियो। भीडमा उभिएका अनुहारहरूमा एउटै भाव थियो—वर्षौँदेखि जोतभोग गर्दै आएको आफ्नो जमिन अब कानुनी रूपमा आफ्नै भएको अनुभूति। उही भीडमा थिए ८० वर्षीय श्यामलाल केवट। हातमा लालपुर्जा समाउँदै उनी केही क्षण शब्दविहीन बने। दशकौँदेखि आफूले जोतेको जमिन आफ्नै हो […]