डढेलो नियन्त्रण गर्न अर्घाखाँचीमा वन क्षेत्रमा पोखरी निर्माण

अर्घाखाँची । अर्घाखाँचीको डिभिजन वन कार्यालयले डढेलोको जोखिम घटाउन वन क्षेत्रमा पोखरी निर्माण गरेको छ । पालिका र सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा पोखरी निर्माण अभियान शुरू गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिलेसम्म सन्धिखर्क नगरपालिकामा ३, भूमिकास्थान नगरपालिकामा ४ र पाणिनी गाउँपालिकामा २ गरी ९ वटा पोखरीको निर्माण […]
६ दशकपछि बुटवल गोरुसिङ्गे सडकको रुप फेरिदै

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक खण्डलाई आधुनिक र स्मार्ट बनाउने लक्ष्यसहित स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ। यस परियोजनाअन्तर्गत रुपन्देही र कपिलवस्तुमा पहिलोपटक ‘फ्लाइओभर’सहितको चार लेन सडक निर्माण भइरहेको छ। ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको मोडललाई आधार मानेर यस खण्डका उच्च सवारी चाप हुने चोकहरूमा फ्लाइओभर बनाउन लागिएको हो। सडक विस्तार आयोजनाकी प्रमुख तथा […]
कपिलवस्तुको कृष्णनगरमा अवैध २८ सय बढी कुखुराका चल्ला नष्ट

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका(११ मोतिपुर क्षेत्रमा अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका २८ सय ८० ब्रोइलर कुखुराका चल्ला प्रहरीले बरामद गरी नष्ट गरेको छ । सोमबार बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको गस्ती टोलीले पूर्व(पश्चिम लालपुरदेखि मोतिपुर गाउँतर्फ जाने भित्री सडक खण्डको छेउमा बेवारिसे अवस्थामा उक्त चल्लाहरू फेला पारेको थियो […]
समय आयोः बालेनको त्यो सन्देश, रेखा शर्माको यो पक्राउ

‘सरी नानु, तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउनेछ।’ करिब एक वर्षअघि काठमाडौँका मेयर हुँदा बालेन्द्र शाहले लेखेको यो वाक्य त्यो समयको अन्याय र सम्भावित न्यायको सङ्केत थियो। समयले घुम्ती लिएको छ। उनी प्रधानमन्त्री बनेको चार दिन नपुग्दै, त्यही प्रकरणकी आरोपित लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा आइतबार राती पक्राउ परेकी छन्। गत […]
नेपाल पत्रकार महासंघ ७१ औँ वर्षमा प्रवेश

काठमाडौँ । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि स्थापनाको ७१ औँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा महासंघले प्रभातफेरीको आयोजना गरेको हो । महासंघकी अध्यक्ष निर्मला शर्माले देशभरका सञ्चारकर्मी र प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना दिँदै महासंघले सात दशकदेखि नागरिकको अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि अविचलित रूपमा काम गर्दै आएको बताएकी […]
लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने लक्ष्यसहित आजदेखि उद्धार यात्रा २०८२ सुरु गरेको छ । प्रदेशका विभिन्न क्षेत्रका सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका बेसहारा, असहाय सडक मानवहरूको उद्धार गरी संरक्षण प्रदान गर्ने उद्देश्यले अभियान स्वरूप उद्धार यात्रा सञ्चालन गरिएको आश्रमले जनाएको छ । लुम्बिनी प्रदेशमा आजदेखि सुरु भएको उद्धार यात्रा यही […]