२५ औं राष्ट्रिय लोकदोहोरी दिवसको अवसरमा कपिलवस्तुमा वृक्षारोपण

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २५ औं दिवसको अवसरमा कपिलवस्तुमा वृक्षारोपण गरिएको छ । जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा बाणगङ्गाको प्रमुख पर्यटकिय स्थल राजापानीमा वृक्षारोपण गरिएको जिल्ला अध्यक्ष असिम कडेल क्षेत्रीले जनहित अनलाइन सङ्ग बताउनुभयो । वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले २५ औं दिवसको अवसरमा विभिन्न फलफूलका […]
जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

जुम्ला । जुम्लाबाट बिहीबार हेलिकोप्टरबाट उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएकी उनको गएराति उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।
अब ग्यास आधा सिलिन्डर मात्रै पाइने

काठमाण्डौ । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ । आयल निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई/तीन महिनादेखि ग्यासको माग […]
एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुर गट्ठाघरको अस्पतालमा निधन भएको हो । अस्पतालका अनुसार उमेरजन्य स्वास्थ्य समस्याका कारण उहाँ अस्वस्थ हुनुहुन्थ्यो र केही दिनयता उपचार भैरहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा […]