बणगंगाका अमृत बेल्वासे बेपत्ता, खोजिदिन परिवारको अपिल

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ लौगाई निवासी अमृत बेल्बासे शिवरात्रीको दिनदेखि हराएका छन्। परिवारका अनुसार उनी सोही दिन दिउँसो करिब १ बजेतिर घरबाट निस्किएका थिए र त्यसपछि सम्पर्कविहीन बनेका छन् । अमृत होराइजन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन । हराउँदा उनले हरियो/खैरो हुड, सेतो पाइन्ट र खुट्टामा चप्पल लगाएका थिए […]
श्रृंगीघाट सामुदायिक वनको उत्कृष्ट कार्य, ‘घर–घरमा नर्स’ कार्यक्रम

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–१, ३, ४ र ५ का नागरिकहरूका लागि अब आधारभूत स्वास्थ्य सेवा घरमै पुग्ने भएको छ । श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले फाल्गुन १ गतेदेखि “घर–घरमा नर्स कार्यक्रम” सञ्चालनमा ल्याएको हो । कार्यक्रमअन्तर्गत स्थानीय नागरिकहरूले निःशुल्क प्राथमिक स्वास्थ्य सेवा पाउने समूहका अध्यक्ष शुसिल सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार ग्रामीण […]
कपिलवस्तु–१ मा घरदैलो कार्यक्रमलाई थप सशक्त र प्रभावकारी बनाउने एमालेको निर्णय

कपिलवस्तु । आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तु क्षेत्र नं. १ ले चुनावी गतिविधि तीव्र बनाउने निर्णय गरेको छ। क्षेत्रअन्तर्गत बाणगंगामा रहेका अगुवा कार्यकर्ताहरूको विस्तारित समीक्षा बैठक सम्पन्न गर्दै पार्टीले अबको रणनीति थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउने निष्कर्ष निकालेको हो। बैठक बाणगंगा–४ स्थित निर्वाचन परिचालन कमिटीको कार्यालयमा आयोजना […]
स्थानीय विकास, शिक्षा र स्वास्थ्य कुँवरको प्रमुख चुनावी एजेण्डा

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर १ यतिबेला विशेष चासोको केन्द्र बनेको छ । तारा चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका समाजसेवी तथा व्यवसायी मो कुँवर स्थानीय स्तरमा प्रभावशाली उम्मेदवारका रूपमा उभिएका छन् । बाणगंगा नगरपालिका–४ गजेहडाका स्थायी बासिन्दा कुँवर सामाजिक र राजनीतिक पृष्ठभूमि भएको […]