‘हाम्रो सारथि नेपाल’ क्लबको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता विकास गर्दै अन्तरनिहित प्रतिभालाई प्रष्पुटन गर्ने उद्देश्यले ‘हाम्रो सारथि नेपाल’ क्लबले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । बाणगंगा–८ स्थित श्री जननी आधारभूत विद्यालयमा प्रतियोगिता सम्पन्न भएको हो । उक्त प्रतियोगितामा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट चित्रकला प्रस्तुत गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय […]
निर्वाचन सुरक्षा बारे मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी प्रमुख बिच छलफल

गुल्मी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुखसँग छलफल गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा आयोजित भेटघाटमा मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीबीच निर्वाचन लक्षित सुरक्षा रणनीति र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको हो। छलफलका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी […]
दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेद्वार शर्माको चुनौती

कपिलवस्तु । कपिलवस्तुमा नेपाली कांग्रेसका पुराना र लोकप्रिय नेता हुन् दीपकुमार उपाध्याय । कांग्रेसमा पाँच दशक सक्रिय राजनीति गरेका पूर्वमन्त्री उपाध्यायसँगै छोरा आशिष शर्मा पार्टी राजनीतिमा सक्रिय थिए । निर्वाचनको बेला टिकट वितरणमा कांग्रेसले दुवै जनालाई ‘कर्नर’ मा पारेपछि कपिलवस्तु–१ बाट आशिष अहिले स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दीपकुमारको ‘लिगेसी’ले सुशासन, […]
शव भेटिएको ४५ दिनपछि ईशानको अन्त्येष्टि

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका-३, रुद्रपुरका १७ वर्षीय किशोर ईशान शर्मा पौडेलको शव ४५ दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेको छ।ईशानको मृत्यु रहस्यमय भएको भन्दै प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै परिवारले लामो समयदेखि शव बुझ्न अस्वीकार गर्दै आएको थियो। प्रहरीको अनुसन्धानले ईशानको मृत्यु सडक दुर्घटनाबाट भएको निष्कर्ष निकालेर दोषीमाथि कारबाही प्रक्रिया अघि बढेपछि परिवारजन शव बुझ्न तयार भएका […]
उम्मेद्वार कुँवरद्वारा मतदाता भेटघाटलाई तीव्रता

जनहित अनलाइन, कपिलवस्तु । आगामि फागुन २१ गते हुन लागेको निर्वाचनको लागि कपिलवस्तुका उम्मेद्वारहरुले प्रचारप्रशारलाई तिव्रता दिएका छन । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गरेका कृष्ण बहादुर कुवँरले पनि मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । गाउँ–गाउँ र टोल–टोलमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गर्दै मतदातासँग उनले प्रत्यक्ष संवादलाई […]
दाङबाट काठमाडौं जादैं गरेको बस दुर्घटना: घाइतेहरुको परिचय खुल्यो

दाङबाट काठमाडौं जादैं गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना भएको बसका घाइतेहरुको परिचय खुलेको छ । प्रहरीका अनुसार घाइते ३८ जना छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर […]