ब्राइट लुम्बिनीः विद्यार्थीहरुबिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४, जितपुरमा अवस्थित ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रालिले जापानिज भाषा अध्ययनरत विद्यार्थीहरूका बीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीहरूको भाषिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित शुक्रबार आयोजित उक्त प्रतियोगिता शैक्षिक वातावरणमा उत्साहपूर्ण रूपमा सम्पन्न भएको हो। संस्थामा जापानिज भाषा अध्ययन गरिरहेका विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, व्यवहारिक र प्रतिस्पर्धात्मक बनाउने लक्ष्यका साथ कार्यक्रम […]