राप्रपा कपिलवस्तुको अध्यक्षमा सिंह पुनः निर्वाचित

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुको जिल्ला अधिवेशनबाट नारायण बहादुर सिंह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। आज बुधबार सदरमुकाम तौलिहवामा सम्पन्न अधिवेशनले सिंहको नेतृत्वमा २८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। निर्वाचन समितिका संयोजक प्रभु मिश्रालदेवले अधिवेशनबाट सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी दिए। उनका अनुसार निर्वाचित कार्यसमितिको सपथग्रहण […]