यशोधरा गाउँपालिकामा नागरिक सुनुवाइ सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ७ मर्यादपुरमा स्थानीयवासी नागरिकहरूको गुनासो, पिरमर्का, राय तथा सुझाव प्रत्यक्ष रूपमा ग्रहण गर्ने उद्देश्यले नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । कार्यक्रम स्थानीय तहमा शान्ति सुरक्षा, अपराध […]

कृष्णनगर नगरपालिकाद्वारा प्रहरी कार्यालयलाई ३ एसी र ३ पानी फिल्टर सहयोग

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका तथा नगरपालिकाका दुई ओटा वडाले इलाका प्रहरी कार्यालय कृष्णनगरलाई ३ थान एसी र ३ थान पानी फिल्टर सहयोग गरेका छन् । ३ लाख ६ हजार बराबरको साे सामग्री प्रदान गरिएको जनाइएको छ । कृष्णनगर नगरपालिकाले १ टन क्षमताका २ ओटा एसी उपलब्ध गराएको छ भने वडा नम्बर १२ काे […]

‘झुटो हैन सुनकेशरी’ गीतलाई दर्शकको उत्कृष्ट साथ

कपिलवस्तु । नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत तथा खेम सेन्चुरी र दीपिका बयम्बु मगरको सुमधुर आवाजमा सजिएको नयाँ लोकगीत “झुटो हैन सुनकेशरी” सार्वजनिक गरिएको छ। बिनोद भण्डारीको निर्देशनमा तयार भएको उक्त गीत मोडल असिम कडेल क्षेत्रीको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा नारायणी खत्री र असिम कडेल क्षेत्री को अभिनय देख्न […]

बाणगंगा–८ मा सञ्चालित घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

 बाणगंगा । बाणगंगा नगरपालिका, कपिलवस्तुले आइतबार सञ्चालन गरेको घुम्ती शिविरबाट ९ सय ७० जना सेवाग्राहीले विभिन्न सेवा लिएका छन्। बाणगंगा नगरपालिका वडा नं. ८ को आयोजना तथा वडा कार्यालयको समन्वयमा श्री मोतिपुर ४÷६ खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो। शिविरमार्फत नगरपालिकाका विभिन्न शाखाबाट प्रदान गरिने सेवाहरू नागरिकको घरदैलोमै उपलब्ध गराइएको नगरपालिकाले जनाएको […]