महाराजगञ्ज नगरपालिकाको १८औँ नगरसभा सम्पन्न

कपिलवस्तु । महाराजगञ्ज नगरपालिकाको १८ औँ नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख कलामले भ्रष्टाचार विरुद्ध र सुशासन कायम गर्न भएको जेन्जी आन्दोलनका कारण दुई दिनमै सत्तापलट भएको उदाहरण प्रस्तुत गर्दै समयको मागअनुसार सोच र कार्यशैली परिवर्तन गर्नुपर्ने बताए। उनले महाराजगञ्ज नगरपालिकालाई नमुना नगरपालिका बनाउने लक्ष्यसहित सबै जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। […]
शितगंगा नगरपालिका: आर्थिक अभावले उपचार नपाएका ६ वर्षीय बालकको उद्धार

अर्घाखाँची । आर्थिक अभावका कारण लामो समयसम्म उचित उपचार नपाएका शितगङ्गा नगरपालिकाका ६ वर्षीय बालकको नगरपालिकाले तत्काल उद्धार गर्दै थप उपचारको व्यवस्था गरेको छ। शितगङ्गा नगरपालिका–९ सिद्धारा निवासी हिम्मत पोखरेल करिब पाँच महिनादेखि लगातार ज्वरोबाट पीडित भए पनि कमजोर आर्थिक अवस्थाका कारण समयमै उपचार गराउन नसक्दा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। बालकका बुवा गणेश […]
बाणगंगा नगरपालिकाः पुस २८ गते हिउदे नगर सभा गर्ने

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा मगंलबार भएको बैठकले हिउदे नगर सभा गर्ने लगायतका विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले योजनाहरू सुचारु गर्ने निर्णय गरेका बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए । त्यस्तै पुस १६ गते […]