कपिलवस्तुको मायादेवीमा मङ्गल यादवको नेतृत्वमा नयाँ कार्यसमिति

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मायादेवी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अधिवेशन सम्पन्न भएको छ । पकडीमा भव्य रूपमा सम्पन्न अधिवेशनबाट मङ्गल यादवको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । अधिवेशनले उपाध्यक्षमा राजकुमार चौधरी, सचिवमा जितबहादुर धोबी, कोषाध्यक्षमा ओम प्रकाश पासवनलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरूमा रामवृक्ष यादव, […]