तमिलनाडुमा दुईवटा बस ठोक्किँदा ११ जनाको मृत्यु, ४० घाइते

भारत । भारतको तमिलनाडु राज्यको शिवगंगा जिल्लामा आइतबार दुई सरकारी बस ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। घाइते ४० जनामध्ये २० जनाको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमले जनाएको छ । विपरीत दिशामा रहेका दुई बस घुम्ती बाटोमा ठोक्किएका थिए । दुर्घटनालगत्तै स्थानीयवासीघटनास्थल पुगेर उद्धार शुरु गरेका थिए। त्यसपछि प्रहरी समेत आइपछि घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको […]
बालेन शाहको बुबाको निधन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको सोमबार निधन भएको छ । उनको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । मेयर बालेनको सचिवालयका अनुसार आइतबार बिहान मुटुमा समस्या देखिएपछि शाह बेहोस भएका थिए । त्यसलगत्तै उनलाई […]
आज विश्व एड्स दिवस स् नेपालमा ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित

काठमाण्डौ । आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित छन् । केन्द्रका अनुसार १ सय २७ जना गर्भवती महिला सङ्क्रमित भएको अनुमान गरिएको छ । दैनिक एक जनाको एचआइभीका कारण ज्यान […]