कक्षपतीको नेतृत्वमा कपिलवस्तु एल.पी. ग्यास व्यवसायीमा नयाँ कार्यसमिति

चेतन विष्ट, कपिलवस्तु । एल.पी ग्यास व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सन्देश कक्षपती चयन हुनुभएको छ । आज सम्पन्न संघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले गक्षपतीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा बाबुराम पाण्डे, उपाध्यक्षमा जितेन्द्र मौर्या, सचिवमा मिनलाल पौडेल, सहसचिवमा कासिराम चौधरी, कोषाध्यक्षमा शंकर अर्याल, सदस्यहरुमा […]
कपिलवस्तुको बगैंचाबाट २१८ बोरा भारतीय मल बरामद

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमा नाकाको पश्चिमपट्टि रहेको एक बगैंचाबाट २१८ बोरा भारतीय युरिया मल बरामद गरिएको छ ।विशेष सूचनाको आधारमा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बल बीओपी डंगरीको संयुक्त टोलीले अवैध रूपमा भित्र्याइएको सो मल फेला पारेको हो । भन्सार कार्यालय सुठौलीका प्रमुख किरण बिष्टका अनुसार बगैंचामा बेवारिसे अवस्थामा लुकाइ–छिपाइ राखिएको […]
प्रथम कपिलवस्तु व्यापार मेलाको तयारी तिव्र

जनहित अनलाइन, कपिलवस्तु । उद्योग व्यापार सङ्घ कपिलवस्तुले पहिलो पटक ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ आयोजना गर्ने भएको छ । सङ्घले मङ्सिर ५ देखि १७ गतेसम्म मायादेवी रङ्गशालामा आयोजना गर्न लागेको हो । महोत्सवको तयारी तीव्र गतिमा भइरहेको छ । स्थानीयबासीहरूले यस मेलालाई कपिलवस्तुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने अवसरको रूपमा […]
सल्यानमा रोल्पाका एक पुरुष मृत फेला

सल्यान। सल्यानको छत्रेश्वरी गाउँपालिका-५, लेखपोखराको फिटाकाटेमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक रोल्पाका भएको जानकारी प्राप्त भए पनि उनको पहिचान भने खुल्न सकेको छैन। स्थानीयका अनुसार उक्त व्यक्ति भिरबाट लडेको अनुमान गरिएको छ। करिब दुई-तीन दिनअघि नै उनी भिरबाट लडेको हुन सक्ने स्थानीयको भनाइ छ। मृतक खोटो सङ्कलन कार्यका लागि सल्यान आएका थिए। जिल्ला […]
मंसिर ११ देखि भागीरथी गौ संरक्षण आध्यात्मिक महोत्सव हुँदै

कपिलवस्तु । बाणगंगा नगरपालिका–८, कपिलवस्तुस्थित भागीरथी गौ संरक्षण विकास केन्द्रले आयोजना गर्न लागेको “भागीरथी गौ संरक्षण आध्यात्मिक महोत्सव–२०८२” का तयारी कार्य अन्तिम चरणमा पुगेका छन् । मंसिर ११ गतेदेखि १७ गतेसम्म सात दिन चल्ने उक्त महोत्सवको तयारीलाई तीव्रता दिइएको केन्द्रले जनाएको छ । तयारी बैठकले महोत्सवका सम्पूर्ण पक्षलाई व्यवस्थित गर्न ३५ वटा विषयगत उपसमिति गठन […]
विजयनगरमा २ करोड ३० लाखको लागतमा पत्थरदेइया स्वास्थ्य चौकी निमार्ण हुने

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ पत्थरदेइयामा अवस्थित पत्थरदेइया स्वास्थ्य चाैेकीकाे भवन बन्ने भएको छ । भारतीय दूतावासकाे सहयोग र विजयनगर गाउँपालिकाको साझेदारीमा स्वास्थ्य चौकी भवन निर्माणका हुन लागेकाे हाे । २ करोड ३० लाख रुपैयाँकाे लागतमा स्वास्थ्य चाैकी निर्माण हुन लागेकाे गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले जानकारी दिए । उनलेे साेमबार सम्झौता-पत्रमा हस्ताक्षर गरिएको बताउँदै गाउँपालिकाकाे […]