शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं । शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताए। आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले […]

रुपन्देहीमा कार दुर्घटना हुँदा तीनको मृत्यु, चार गम्भीर घाइते

भैरहवा ।  रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइन स्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख। ७७८२ नम्बरको इभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अनियन्त्रित भई सडक छेउँमा रहेको बाँझीको रुखमा ठोक्किएको थियो । दुर्घटनामा […]

दाउन्ने खण्डखण्ड एकतर्फी सञ्चालन

काठमान्डौ । आज बिहानदेखि परेको लगातार वर्षाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने भागमा यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार, निरन्तरको वर्षाका कारण सडक चिप्लो बनेपछि ठूला मालवाहक सवारीसाधनलाई रोकिएको छ भने यात्रुबाहक बस र साना गाडीलाई मात्र सञ्चालन गर्न दिइएको छ । उनका […]

शिवराजको बनकसमा बस दुर्घटना हुँदा एक पैतल यात्रीको मृत्यु

कपिलवस्तुको ।  कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राति करिब २ बजे काठमाण्डौंबाट धनगढीतर्फ जाँदै गरेको बा।प्र।०१–००६ ख ८५०६ नं।को यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा […]

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान केही ढिला हुन गएका छन्। अहिले अन्तर्राष्‍ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन्। हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ। विमानस्थलका […]