विप्लवले दल दर्ता गर्दै, नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्ने प्रस्ताव

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । दल दर्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा, स्थायी समिति सदस्य तथा कार्यदलका संयोजक कर्णजित बुढाथोकी र सदस्य चिरञ्जीवी ढकाल मंगलबार १२ः४५ बजे आयोग जाने भएका छन् । दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको सदस्य ढकालले जानकारी दिए । […]

बाणगंगाका बजार आजदेखि मंगलबार बन्द हुने

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका बजार क्षेत्र आज मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । दशै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला गरिएको बजार क्षेत्र अब चाडपर्व सकिए सङ्गै मंगलबार पुनः बन्द गर्न लागिएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताउनुभाये । आज मंगलबार पनि […]

कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौँ ।  स्थानीय प्रशासनले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न भनेको छ। यो सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई यस्तो आग्रह गरिएको हो। जोमसोम मुक्तिनाथ सडकखण्डअन्तर्गत कागबेनीदेखी साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडकमा बाक्लो हिउँ जमेका कारण सवारीसाधन […]

पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षासहित हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशको केही भूभागमा छिटपुट वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही […]