परासी कारागारबाट भागेका ५ सय ७० मध्ये १ सय ८६ जना फर्किए

नवलपरासी । नवलपरासी पश्चिमको जिल्ला कारागार परासीबाट गत भदौ २५ गते भागेका ५ सय ७० जना कैदीबन्दीमध्ये बिहीबारसम्म १ सय ८६ जना मात्र फर्किएका छन् । गत भदौ २५ गते बिहान कारागारमा हुलदङ्गा र नाराबाजी गरेर त्यहाँ रहेका सबै ५ सय ७० जना कैदीबन्दी भागेका थिए । कारागारका सूचना अधिकारी जितेन्द्र चौधरीका अनुसार १ सय […]

वैशाखपछिका विपदका घटनाबाट २ सय ४३ जनाको ज्यान गयो

काठमाण्डौ । यस वर्ष वैशाखदेखि भदौ मसान्तसम्मको पाँच महिनामा भएका विपदका घटनाबाट दुई सय ४३ जनाको ज्यान गएको छ । यस्तै २४ जना हराइरहेका र आठ सय ६९ जना घाइते भएका राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाँच महिनामा तीन हजार छ सय ८१ वटा घटनाबाट छ हजार पाँच सय ९० […]

पोर्चुगलमा आप्रवासीको आवास अनुमति खारेज, नेपाली समेत प्रभावित

काठमान्डौ । पोर्चुगलले आप्रवासीलाई दिँदै आएको आवास अनुमति खारेज गर्दै देश बाहिर जान रोक लगाएको छ । यसले दशैं मनाउन नेपाल फर्किन लागेका केही नेपाली समेत प्रभावित भएका छन् । बुधबार मात्र लिस्बन विमानस्थलमा १२ जना आप्रवासीलाई आवास अनुमति पत्रसहित यात्रा गर्न रोकिएको थियो, जसमा नेपाली पनि परेका छन् । अध्यागमन अधिकारीहरूले उनीहरूलाई सेङ्गेन भिसा […]

नेपाल–भारत सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राखिँदै

बर्दिया । सशस्त्र प्रहरी बल ३१ नम्बर गणले, बर्दियाले नेपाल–भारत सीमा नाकामा आउजाउ गर्नेको अभिलेख लिन थालेको छ । सशस्त्र प्रहरी बलले अवस्था सामान्य भएपछि नेपाल–भारत सीमा नाका खुलेपछि थप कडाई गर्दै आएको छ । भारतबाट आउने यात्रुलाई बर्दिया प्रवेश गर्ने कारण, कसलाई भेटघाट गर्ने, कहाँ जाने, कहिले फर्किने? लगायतका कारण सोधेर प्रवेशको अनुमति दिएको […]

गैंडहवामा तालमा डुवेर दुई युवाको मृत्यु

बुटवल । रुपन्देहीको गैंडहवामा तालमा डुवेर दुई युवाको मृत्यु भएको छ। पौडी खेल्ने भन्दै गैंडहवा तालमा पुगेका उनीहरुको बुधवार दिउसो डुवेर मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउंपालिका वडा नं. १ असिहवाका करिब १७/१८ वर्षका दीपेश थारु र अरुण थारु छन्। इलाका प्रहरी कार्यालय, रुद्रपुर, रुपन्देहीका प्रहरी निरीक्षक पुष्प रोकायका अनुसार बुधबार अपरान्ह […]