कपिलवस्तुको रामघाट नदीमा डुबेर बालक बेपत्ता

कपिलवस्तु । तौलिहवा–गोरुसिंगे सडक अन्तर्गत कपिलवस्तु नगरपालिका–३ को रामघाट नदीमा बालक बेपत्ता भएका छन् ।भैंसी चराएर फर्किरहेका बेला सोमबार साँझ कपिलवस्तु नगरपालिका–३, डेरवाका १४ वर्षीय मोहन चौहान बेपत्ता भएको प्रहरीले जनाएको छ । साँझ ५ बजेर १० मिनेटमा बालक बेपत्ता भएको सूचना पाउनासाथ नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ११ जनाले खोजतलास गरिरहेको जिल्ला प्रहरी प्रवक्ता […]

विजयनगर गाउँपालिका लिजामा निरन्तर उत्कृष्ट बन्दै

कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको ताजा नतिजाअनुसार कपिलवस्तु जिल्लामा बिजयनगर गाउँपालिका पुनः उत्कृष्ट बन्न सफल भएको छ । स्थानिय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) अन्तर्गत बिजयनगरले ८७.२५ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामा गाउँपालिका श्रेणीमा पहिलो र समग्रतर्फ दोस्रो स्थान हासिल गरेको हो । मन्त्रालयले प्रत्येक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, […]

बाणगंगा देशमै उत्कृष्ट १० स्थानीय तहको सूचीमा पर्न सफल

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका राष्ट्रिय स्तरमै उत्कृष्ट १० स्थानीय तहको सूचीमा पर्न सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको मूल्यांकनमा बाणगंगाले ८९.७५ प्रतिशत अंक प्राप्त गर्दै नवौं स्थान हासिल गरेको हो । यसपटकको उत्कृष्ट सूचीमा बागमती, लुम्बिनी, कोशी र गण्डकी प्रदेशका १० वटा स्थानीय तह समावेश भएका छन् । […]

आज हरितालिका तीज मनाइँदै

काठमाण्डाै । आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि […]