दाङमा बस दुर्घटना हुँदा सात जना घाइते

दाङको । तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका(१७ मज्गैस्थित पेट्रोल पम्प नजिक रा १ ख ३२५१ नम्बरको बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भई बाटोको उत्तरतर्फ पल्टिएको हो। बसमा चालकसहित आठ जना सवार रहेको प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए। घाइतेहरूलाई स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको […]
रूपन्देहीको मायादेवीमा लागूऔषधसहित एक जना पक्राउ

रूपन्देही । रूपन्देहीको मायादेवी गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा समरिमाई गाउँपालिका–३ थुमहवा बस्ने ३२ वर्षीय हरिचन्द्र तेली रहेका छन्। उनलाई सोमबार दिउँसो लु.५८ प २२३१ नम्बरको मोटरसाइकलमा सवार रहँदा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले तेलीलाई नियन्त्रणमा लिएर उनको साथबाट […]
रास्वपा महामन्त्री बुर्लाकोेटी र स्वयंसेवक संघ अध्यक्ष पौडेलबीच भेटघाट

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोेटी र नेपाल स्वयंसेवक संघका अध्यक्ष खेमराज पौडेलबीच बुध्दभूमि नगरपालिका–५, गोरूसिङ्गेमा समसामयिक विषयमा गहन छलफल भएको छ भेटघाटका क्रममा अध्यक्ष पौडेलले देशलाई समुन्नत बनाउन सम्पूर्ण नेपालीको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नारालाई कार्यान्वयन गर्न सहकार्य, समन्वय र सामूहिक प्रयास आवश्यक रहेको […]