सिद्धार्थ क्याम्पसको नवनिर्मित भवन नगर प्रमुख अर्यालद्वारा उद्घाटन

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुमै उत्कृष्ट पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसको नवनिर्मित ३ तले भवनको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । ३ तला र १२ कोठा सहितको उक्त भवनको आज एक कार्यक्रमका बिच बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अर्यालले अहिले नगर,जिल्ला बाहिर बाट थुप्रै क्याम्पसले गाडि पठाई विद्यार्थी […]
हलेसी गएका तीर्थयात्री चढेको गाडी दुर्घटना : १४ जना घाइते

खोटाङ । खोटाङमा तीर्थयात्री चढेको गाडी दुर्घटना भएको छ । साउन १९ गते सोमबार बिहान सिराहाको तीर्थयात्री बोकेको प्रदेश २–०१००१ ज ००५३ नम्बरको माइक्रोबस सडकबाट पल्टिएको हो । हलेसीमा दर्शनपछि सिराहा फर्कँदै गरेको गाडी हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडाको दौंते खोला नजिक पल्टिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी ९प्रहरी निरीक्षक० सुशान्त मिश्रका […]
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

काठमाडौँ । प्राविधिक समस्या आएन भने बोर्डले सोमबार साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका एक पदाधिकारीले प्राविधिक समस्या नआए आज साँझसम्म नतिजा सार्वजनिक गरिने नेपालखबरलाई जानकारी दिए। ‘नजिता सार्वजनिक गर्न बोर्डमा अहिले छलफल भइरहेको छ’ उनले भने। कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। […]
दाउन्नेमा हिलोले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुरको दाउन्ने विश्वकर्मा मन्दिर नजिकै पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै बाटो अवरुद्ध भएको हो। हिजोदेखि लगातार परेको पानीले बाटो हिलो र चिप्लो चिप्लो भएको छ भने पानीले बाटोका माटो र गेगर बगाएर […]
कालीगण्डकी करिडोर सहित गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध

गुल्मी । अविरल वर्षाका कारण गए रातिदेखि कालीगण्डकी करिडोर सहित जिल्लाका तीनवटा मुख्य सडकहरु अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आईतबार रातीदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गंगाबहादुर सारुले जानकारी दिएका छन् । कालीगण्डकी करिडोर सडक अन्र्तगत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क […]
सहकारीका बचतकर्ताहरुले गरे जीबी राईलाई पक्राउ गर्न माग

गीतेन्द्रबाबु राई अर्थात जीबी राई संस्थापक र सञ्चालक रहेको भरतपुरको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थासहित पाँच सहकारीका बचतकर्ताहरुले काठमाडौंमा सहकारी सम्बद्ध विभिन्न निकायका पदाधिकारीलाई भेटेर आफ्नो माग राखेका छन् । बचत रकम हिनामिना गरी फरार भएका जीबी राईलाई तत्काल समाउन र पीडित बचतकर्ताहरुले पैसा फिर्ता पाउने वातावरण बनाउनुपर्ने उनीहरुको माग छ । भूमि व्यवस्था, सहकारी […]
लुम्बिनी सहितका केहि प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ तराई नजिक अवस्थित छ। देशभर पूर्णतया बदली रहेको छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा […]
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई विदाई गर्नुभयो । तुर्कमेनिस्तानका […]