सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । […]

अख्तियारद्वारा सात लाख घुस सहित कैलालीका वन अधिकृत पक्राउ

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो । आरोपी यादवको साथबाट […]

कपिलवस्तुको मायादेवी साझेदारी बनमा १ लाख बिरुवा रोपिँदै

कपिलवस्तु। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका अन्तर्गत रहेको मायादेवी साझेदारी बनमा वातावरण संरक्षण र हरियाली विस्तारको उद्देश्यले वृक्षारोपणको ठूलो अभियान सञ्चालन गरिएको छ । करिब ५७ हेक्टर क्षेत्रफलमा १ लाख बिरुवा रोप्ने महत्त्वाकांक्षी योजना अघि सारिएको छ। बन समितिका अनुसार, प्रारम्भिक चरणमा करिब ५७ हेक्टर क्षेत्रफलमा टिक, सिसौ, राजवृक्ष, मोरिङ्गा, बबुल, अर्जुन, जामुन, बाँस, सिरिसलगायत बहुउपयोगी […]