कोशीका चार सांसद सवार गाडी दुर्घटना

मोरङ । झापाबाट विराटनगर जाँदै गरेका कोशी प्रदेशका सांसदहरु दुर्घटनामा परेका छन् । सासदहरु नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार बा ५ च ३५२० नम्बरको गाडी दुर्घटनामा परेको हो । कारसँग ठोक्किएको गाडीमा क्षति भएपनि सांसदहरु सकुसल रहेको प्रहरीले जनाएको छ । सांसदहरु कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगरतर्फ जाँदै थिए […]
कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका(३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको छ । घुमाउनेतालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए । गोताखोर टोलीले करिब १५ फिट गहिराइबाट मल्लको शव निकालेको सशस्त्र प्रहरी बल […]
गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

गुल्मी, ५ जेठ । गुल्मीमा मोटर साइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका –३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन । जिल्लाको रेसुङ्गा नगरपालिका –६ अन्तर्गत सिमाहाघाटबाट सदरमुकाम तम्घास आउने क्रममा लु […]
७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार

लमही , ५ जेठ । दाङमा ७५ बर्षीय एक जेष्ठ नागरिकले नातिनी माथि बलात्कार गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार तुलसीपुर उपमहानगरपापिलका वडा नं। १७ बनकट्टा निवासी ७५ बर्षीय एक जेष्ठ नागरिकले ७ बर्षीया नातिनी माथि बलात्कार गरेका हुन् । शनिबार अपरान्ह ४ बजेतिर नातिनी बाख्रा चराउन गएको बेलामा […]
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र

ढोरपाटन । दुई दशक अगाडि ट्र्याक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो । बागलुङ र म्याग्दी जिल्ला जोड्ने निर्माण भएको उक्त सडक पहिलो चरणमा १० किलोमिटर गर्ने गरी आयोजना सुरु भएको थियो । स्तरोन्नतीसहित कालोपत्र गर्नका लागि विसं २०७६ […]
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ । […]