सात वर्षीया बालिका बलात्कार गर्ने किशोर पक्राउ

दाङ, ३० बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–४, हलवारमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाका अनुसार, बैशाख २७ गते दिउँसो करिब १ बजे खेल्न गएकी बालिकालाई चाउचाउ खान दिन्छु भन्दै सोही स्थानका १६ वर्षीय किशोरले आफ्नै घरमा लगेर […]
दाङमा श्रीमतीले गरिन श्रीमानको हत्या

दाङ,३० बैशाख । दाङको बंगलाचुली गाउँपालिका–७ मा घरायसी विवादकै क्रममा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। ५३ वर्षीया संगिता सुनारी मगरले आफ्ना ६५ वर्षीय श्रीमान पुनाराम सुनारी मगरलाई हिजो राति करिब १० बजे दाउरा र लाइट प्रयोग गरी घाँटी र टाउकोमा प्रहार गर्दै हत्या गरेको बंगलाचुली गाउँपालिका–७ का वडाध्यक्ष गिर बहादुर थापाले जानकारी दिए । वडाध्यक्ष […]
लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ । ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘‘जनताले तिरेको करबाट मैले […]
संसदका दुबै सदन बस्दै, आजबाट बिनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२र८३ […]
दश घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण विपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा दश घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि […]
चोरमारा खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन्। गएराति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो हुँदै पठाउने कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। पश्चिमतर्फ छुटेका सवारी चोरमारा बजारबाट […]