जीतपुर मन्टेश्वरी स्कुल: आफ्नै भवन बाट पठनपाठन कार्य सुरु

जनहित अनलाइन, कपिलवस्तु । शिक्षा क्षेत्रमा छोटो समयमै उत्कृष्ट पहिचान गराउन सफल बाणगंगाको जीतपुर मन्टेश्वरी स्कुलले अब आफ्नै भवन बाट पठनपाठन कार्य सुरु गर्ने भएको छ । सोमबार वसन्त पञ्चमीको अवसर पारेर बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले उक्त भवनको उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै मेयर अर्यालले मन्टेश्वरी स्कुलले बालबालिकाहरुलाई किताबी ज्ञान मात्र नभएर […]

बाणगंगा नगरपालिका वडा नं.३ ले अब आफ्नै भवन बाट सेवा प्रदान गर्ने

जनहित अनलाइन, कपिलवस्तु । आज देखि बाणगंगा नगरपालिका वडा नं ३ ले आफ्नै भवन बाट सेवा प्रदान गरेको छ । सोमबार वसन्त पञ्चमीको अवसरमा गंगौलियामा निर्मित प्रशासनिक भवनको नगरप्रमुख चक्रपाणी अर्यालले उद्घाटन गरेसङ्गै आफ्नै भवन बाट सेवा प्रदान गर्न लागिएको वडा अध्यक्ष टेक बहादुर झेडी मगरले जनहित अनलाइन सङ्ग बताउनुभयो । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन […]

बाणगंगाको सुठौलीमा एकिकृत घुम्ती शिविर, गाउँमै सेवा पाएको भन्दै स्थानीय हर्षित

जनहित अनलाइन, कपिलवस्तु । बाणगंगाको सुठौलिमा आज सोमबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयोजना र वडा नं ६ को समन्वयमा भएको उक्त शिविरमा एक हजार ३५ जना सेवाग्राहीहरुले सेवा लिएका छन । ज्ञानोदय आधारभूत विद्यालयमा भएको उक्त शिविरमा १८२ जनाले पशु सेवा सम्बन्धी सेवा, १६७ जनाले कृषि विकास सम्बन्धी सेवा, ३३१ […]

श्रृङ्गीघाट सामुदायिक वनको संरक्षण अभियान, राज्यमन्त्री द्वारा स्थलगत निरीक्षण

संघीय वन तथा राज्य मन्त्री रुपा बिकले श्रृङ्गीघाट सामुदायिक वन उपभेक्ता समूहको वन क्षेत्रको अवलोकन गरेकी छिन् । सामुदायिक वनको अवलोकनका क्रममा समूहका अध्यक्ष ठकुरीले वनका अगामी योजनाबारे राज्य मन्त्री बिकलाई अवगत गराएका थिए । राज्य मन्त्री विकले आगामी योजनालाई विशेष चासो लिँदै संघीय वन मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । ठकुरीले श्रृङ्गीघाट सामुदायिक […]

आज सरस्वती पूजा यसरी मनाइदै छ

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष […]