५८९ करदाताबाट ६ महिनामा एक खर्ब १५ अर्ब राजस्व

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ठुला करदाताहरू मार्फत करिब एक खर्ब १५ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। वार्षिक एक अर्ब रूपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाता निकायहरूलाई ठुला करदाता भन्ने गरिन्छ। ठुला करदाता कार्यालयबाट प्रशासन गरिने यस्ता करदाता ५८९ मात्रै छन्। औसत रूपमा यस्ता करदातबाट संकलन हुने राजस्वमा सुधार देखिएको छ। विशेष गरी […]

आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदै

काठमाण्डौ । आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, […]

एसईईको नियमित तथा ग्रेडवृद्धिको परीक्षा तालिका सार्वजनिक

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । परीक्षाको नतिजा २०८२ सालको पहिलो […]