पाल्पामा चोरीका घटना बढ्दै
जनहित अनलइन, कपिलवस्तु । पछिल्लो समय पाल्पाको विभिन्न स्थानमा चोरीका घटना बढ्दै गएका छन् । केही दिनदेखि तिनाउ गाउँपालिकाका सिद्धार्थ राजमार्ग छेउका पसल तथा घरमा चोरी भएको स्थानीय बासिन्दा बताउछन। तिनाउको सिसुवा, डुम्रेबजार, जोरधारा क्षेत्रमा नगद,गरगहना तथा सामान चोरी भएको छ । यसैबीच चोरीका घटना जिल्लाका अन्य स्थानमा समेत हुन सक्ने प्रहरीले जनाएको छ । […]
बागलुङ र गुल्मी जोड्ने सडकको निर्माण ५ वर्षदेखि रोकियो
ढोरपाटन । बागलुङको मालढुङ्गादेखि गुल्मीको शान्तिपुर जोड्ने सडक निर्माण पाँच वर्षदेखि रोकिएको छ । निर्माण कम्पनीले काम नगरेपछि उक्त सडक निर्माण हुन नसकेको हो । विसं २०६६ मा ट्र्याक खुलेको सडक स्तरोन्नति गर्न विसं २०७६ मा ठेक्का लगाइएको थियो । मालढुङ्गा–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत रुम्टा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण हुन नसकेको हो । सडक कालोपत्रका लागि […]
कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । योसँगै कर्णाली विकास बैंकको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त संस्था […]
दाङमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु
दाङ, । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अटोमा सवार अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा राजपुर गाउँपालिका ३ भैसहवाका अन्दाजी ५० का तुलाराम बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परी घाइते भएका बिकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव […]
अब १ रुपैयाँमै प्रेम गीत–३ हेर्न पाइने
काठमाडौँ । नेपाल टेलिकमको प्लेटफममार्फत प्रेम गीत–३ हेर्न सकिने भएको छ । टेलिकमको एनटीटीभी एपमा १ रुपैयाँमै नेपाली कथानक चलचित्र प्रेम गीत–३ हेर्न सकिने भएको हो । जसअनुसार पुस १३ गते शनिबार एक दिन सबै चलचित्र प्रेमीहरूले साथीभाइका साथै परिवारसँग बसेर १ रुपैयाँमै फिल्म हेर्न सक्ने व्यवस्था मिलाएकाले सो मौका नगुमाउन टेलिकमले फेसबुकपेजमार्फत अनुरोध गरेको […]
लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री
बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् । मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई समाधान गरी नयाँ प्रक्रियाबाट मेशिन गरिद गरिने उनले बताए । ‘यसअघि अघि बढाइएको टेन्डर प्रक्रियामा कुनै एक कम्पनीलाई मात्रै लक्षित गरी स्पेसिफिकेशन गरिएको भनेर […]
रौटहटको एक विद्यालयमा विद्यार्थी बोरा बिछ्याएर पढ्न बाध्य
रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरमा रहेको दलित प्राथमिक विद्यालयका विद्यार्थी गएको १७ वर्षदेखि बोरामा बसेर पढिरहेका छन् । बकैया नदीको ‘ड्याम’ मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।आर्थिक अभावमा विद्यालयको पक्की भवन र फर्निचरहरू नहुँदा बालबालिका दुई वटा स–साना टहरामा पढिरहेका छन् […]
कैलालीमा बोक्सी आरोपमा महिलालाई कुटपिट गर्नेलाई कारबाही गर्न माग
काठमाण्डौ – कैलालीको भजनी नगरपालिकाकी एक महिलालाई बोक्सी आरोपमा कुटपिट भएको घटनामा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालका अनुसार भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा यही पुस १ र ४ गते निर्घात कुटपिट भएको हो । यस्तो अमानवीय कार्यमा संलग्नलाई पक्राउ गरी कानूनअनुसार कारबाही गर्नरगराउन […]
नगरको विकासमा सबै जनप्रतिनिधि एक जुट बनौं : उप प्रमुख भाट
जनहित अनलाई, कपिलवस्तु । जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिकाकि उप प्रमुख गित भाटले जनप्रतिनिधि जनताका हरेक सुख र दु खमा सङ्गै हुनुपर्ने बताउनुभएको छ । मङ्गलबार सम्पन्न शितगङ्गा नगरपालिकाको १६ औं नगरसभा तथा प्रथम अधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नगरपालिकाको काम कर्तव्य नगर प्रमुख, उप-प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको […]