१५औं कपिलवस्तु महोत्सवमा आज दुर्गेश थापा आउँदै

जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको नवौं दिन विहिबार चर्चित आधुनिक गायक दुर्गेश थापा आउने भएका छन् ।विहिबार दुर्गेशसंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले जानकारी दिए । बुधबार चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी, अफसर अलि ब्याड, लोकदोहोरी गायक समिक्षा गैहे लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए । […]