प्रहरी हिरासतमा रहेका विजयनगरका एक युवक मृत फेला

कपिलवस्तु । कपिलवस्तुमा प्रहरीको हिरासतमा रहेका एक युवक मृत अवस्थामा फेला परेका छन् । मंगलबार जिल्लाको विजयनगर गाउँपालिका -५ ठाकुरापुरका २३ बर्षीय नसरुदिन खाँ ट्वाईलेटमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएपी मोहनमणी अधिकारीले जानकारी दिए । मृतक खाँले ट्वाईलेटको भेन्टिलेशनको जाली च्यातेर भेन्टिलेशनको फलामको सरियामा गम्छाको पासो लगाई झुण्डीएको प्रहरीले जनाएको छ । […]

बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि सात हजार बढी रुख काट्न अनुमति

बुटवल । बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि सडक किनारमा रहेका करिब सात हजारभन्दा बढी रुख काट्न सडक विभागले स्वीकृति दिएको छ । सडक विभागले स्वीकृति दिएसँगै अब बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम सुरु हुने भएको छ । राजा महेन्द्रको पालामा विसं २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड विस्तारको काम सुरु हुने चरणमा छ । बुटवल–गोरुसिङ्गे  सडक आयोजना कार्यालय बुटवलकी प्रमुख […]