बाणगंगाका १ सहित ३ जना लागुऔषध सहित पक्राउ

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर बाट लागु औषधसहित ३ जना पक्राउ परेका छन । कृष्णनगर नगरपालिका–२ स्थित बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ पर्नेमा कपिलवस्तुको वुद्धभुमि नगरपालिका–२ घर भएका २८ वर्षीय महेश थारु, बाणगंगा नगरपालिका–१ घर भएका २४ वर्षीय बिपुल थारु र कृष्णनगरका लवकुश भुज छन् । लागु […]

धनवन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा विभिन्न कार्यक्रम

चेतन विष्ट, कपिलवस्तु । धनवन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा कपिलवस्तुको बाणगङ्गा ८ मा अवस्थित मोतिपुर आयुर्वेद औषधालयमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन । दिवसको अवसरमा धन्वन्तरि पुजा सङ्गै नगर स्तरीय सामुदायिक विद्यालयहरु बिच वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले स्वास्थ्यता प्राप्ती गर्नमा योग र आयुर्वेदको भुमिका […]

लुम्बिनी प्रदेश सरकारको सय दिनमा एकसय एक उपलब्धि

अर्घाखाँची। लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एकसय दिनको अवधिमा सम्पादन भएका एकसय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गर्नु भएको हो । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रूपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश […]

बुद्धभूमिका ६ ओटा वडाहरु एकैपटक ‘पूर्णसंस्थागत प्रसुति सेवायुक्त वडा’ घोषणा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ६ ओटा वडाहरु ‘पूर्णसंस्थागत प्रसुति सेवायुक्त वडा’ घोषणा भएका छन् । बुधबार एक कार्यक्रमकाबीच वडा नं.१, २, ३, ४, ५ र ९ लाई पूर्णसंस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य चौकी ईन्चार्जलाई पूर्णसंस्थागत प्रसुति सेवायुक्त वडा भएको प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । […]

करेन्ट लागेर बाणगंगाका एक पुरुषको मृत्यु

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर ८ लौगाई स्थित १३२ केभिएको राष्ट्रिय प्रसारण लाइनको टावरमा जलेको अवस्थामा सोहि वडाको बालापुर बस्ने ४० वर्षका तुलसी थारुको शव भेटिएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र बहादुर जि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो । मृतक थारुमा मानसिक समस्या […]

झण्डै ५० लाखको सुनसहित बाणगंगाका दुई जना रुपन्देही बाट पक्राउ

रुपनदेही । रुपन्देहीमा झण्डै ५० लाख मूल्य बराबरको सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मियाँ र सोही नगरपालिका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक सन्तोष सुनार रहेको प्रहरीले जनाएको छ । कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६५४२ […]

विश्वकप लिग-२ : नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो

काठमाडौँ । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत मंगलबार स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको थियो । स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, […]

साफ महिला च्याम्पियनशिप : उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्दै

काठमाण्डौ । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई […]

आज काग तिहार मनाइँदै

काठमाण्डौ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा […]