डली चायवाला झापा आइपुगे, लंका रिसोर्टमा चिया बनाएर खुवाउने

काठमाडौं । डली चायवाला सोमबार नेपाल आइपुगेका छन् । सोमबार अपरान्ह उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् । दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित उनी आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले अनलाइनखबरलाई जानकारी दिए । उनलाई नेपाल सीमा नजिकको भारतको बागडोरा विमानस्थलबाट आयोजकले झापासम्म ल्याएका थिए । डली चायवाला धुलाबारीको पाँचतारे होटल मेची […]
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

बुटवल । नवनियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार नियुक्त भएलगत्तै अर्यालले शपथ लिएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा.अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । त्यसलगत्तै उपाध्यक्ष अर्यालले सदस्यमा नियुक्त डा.सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथ ग्रहण गराएका छन् । प्रदेश […]
कपिलवस्तुको यशोधरा बाट नक्कली नोटसहित तीन जना पक्राउ

कपिलबस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका-७ मर्यादपुर र वडा नं. ४ परसोहियाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार आठ हजार नेपाली नक्कली नोटसहित तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा यशोधरा गाउँपालिका ७ मर्यादपुरस्थित आनन्द मदिरा पसलका सञ्चालक राम नरेन्द्र चौधरीका ५८ वर्षीय मनोजकुमार […]
प्राज्ञिक विद्यार्थी परिषद बाणगंगाको एक दिवसिय अभ्यास वर्ग सिद्धार्थ क्याम्पसमा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बाणगंगा नगरको एक दिवसिय अभ्यास वर्ग सम्पन्न भएको छ । शोमबार सिद्धार्थ क्याम्पस बुङ्चिमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख वेदराम अर्यालले पछिल्लो समय विद्यार्थीहरु व्यवहारिक, अनुशासित र गतिशिल बन्न नसकेको बताउनुभयो । उच्च अङ्क सहितको डिग्री हासिल गर्ने मात्र नभएर परिवार, समाज र राष्ट्रको लागि […]